खरसाङमा ८०औं स्वतन्त्रता दिवस समारोहको लागि सभा सम्पन्न

6f68861b-157e-4152-8070-dda318619194

स्वतन्त्रता दिवस समारोह गठन

खरसाङ: जीटीएको सूचना अनि सांस्कृतिक विभाग खरसाङको आयोजनामा आगामी १५ अगस्तमा खरसाङ महकुमा स्तरीय ८०औं स्वतन्त्रता दिवस समारोह विषयमा सभाको आयोजना गरिनुको साथै समारोह समिति पनि गठन गरिएको छ। खरसाङको पार्क लोकेशनस्थित सार्वजनिक भवनमा सम्पन्न उक्त सभाको अध्यक्षता खरसाङ नगरपालिकाको कार्यकारी अधिकारी (ईओ) थेन्डुप भोटियाले गरेका थिए। सभालाई सूचना अनि सांस्कृतिक विभागको तर्फबाट सबिना गिरीले सञ्चालन गरेकी थिइन्। सभामा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरु, राजनीतिक पार्टीका प्रतिनिधिहरू, खेलकूद क्षेत्रका संघ संस्थाहरु, विभिन्न समाजका प्रतिनिधिहरु, विभिन्न विद्यालयका प्रतिनिधिहरु लगायत विभिन्न विशिष्ट व्यक्तिहरु उपस्थित रहेका थिए‌। सभामा खरसाङ नगरपालिकाको एफओ नोर्देन भोटिया, सञ्जय छेत्री, अधिवक्ता रमेश अग्रवाल, जोगेन्द्र प्रसाद, आरबी लामा, निर्मल गुरुङ, रोहित स्याङ्बो, बिनय प्रसाद, सुवास प्रधान, सूचना अनि सांस्कृतिक विभाग खरसाङका प्रभारी गोबिन छेत्री लगायत खरसाङ नगरपालिकाको अधिकारी सुरेन कटुवाल, विभिन्न विद्यालयका शिक्षक शिक्षिकाहरु आदिले वक्तव्य राख्दै खरसाङमा‌ यसपाली आयोजना गरिने ८०औं स्वतन्त्रता दिवस समारोह विषयमा छलफल साथै सल्लाह सुझावहरु राखेका थिए। यसै सभामा खरसाङमा आयोजना गरिने ८०औं स्वतन्त्रता दिवस समारोहको लागि आयोजक समिति गठन गरिएको छ ॐ। उक्त समितिमा अध्यक्ष गोविन छेत्री, सचिव रामकृष्ण शर्मा, कोषाध्यक्ष बिनय प्रसाद आदिलाई चयन गरिएको छ। उक्त सभा विषयमा पत्रकारहरुलाई सम्बोधन गर्दै नवगठित स्वतन्त्रता दिवस समारोह समितिको अध्यक्ष गोबिन छेत्री, सचिव रामकृष्ण शर्मा र कोषाध्यक्ष बिनय प्रसादले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement