अरुणाचल: मुख्यमन्त्रीद्वारा राज्यपाल पर्नाइकलाई जन्मदिनको शुभकामना

bc803207-d70c-4935-91ff-2f7ceb83a339

मार्गदर्शन र अभिभावकीय स्नेहप्रति प्रकट गरे आभार

ईटानगर: अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले राज्यका माननीय राज्यपाल लेफ्टिनेन्ट जनरल (सेवानिवृत्त) के.टी. पर्नाइक (पिभीएसएम, युवाईएसएम, वाईएसएम) लाई जन्मदिनको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
​मुख्यमन्त्री खाण्डुले सामाजिक सञ्जालमार्फत राज्यपाल पर्नाइकप्रति आदर प्रकट गर्दै राज्य सञ्चालन र व्यक्तिगत जीवनमा उनको अमूल्य मार्गदर्शनको उच्च प्रशंसा गरेका छन्।
​”यस विशेष अवसरमा, म हजुरको अमूल्य मार्गदर्शन, बुद्धिमत्तापूर्ण सल्लाह र पितासमानको स्नेहका लागि गहिरो आभार प्रकट गर्दछु,” मुख्यमन्त्री खाण्डुले भनेका छन्, “हजुरको यो स्नेह र मार्गदर्शन मेरा लागि सधैँ हौसला र प्रेरणाको निरन्तर स्रोत बनेको छ।”
​शुभकामना सन्देशको अन्त्यमा मुख्यमन्त्री खाण्डुले राज्यपालको सुखद र दीर्घायुको कामना गर्दै लेखेका छन्, “भगवान बुद्धको कृपा हजुरमाथि सधैँ रहोस् र हजुरलाई सुस्वास्थ्य, बुद्धि, आन्तरिक शान्ति तथा देश र जनताको सेवामा समर्पित हुनका लागि दीर्घायु प्राप्त होस् भनी प्रार्थना गर्दछु।”

About Author

Advertisement