खरसाङ: ईण्डियन डेमोक्रेटिक रिपब्लिकन पार्टीले गोर्खाहरुको स्थायी राजनैतिक समाधानको लागि केन्द्र सरकारले नियुक्त गरेको इन्टरलोक्युटरसित भेटघाट गरेका छन्। यस क्रममा ईण्डियन डेमोक्रेटिक रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रिय महासचिव डोनाल्ड गहतराज र दिल्ली प्रदेश अध्यक्ष आदेशजी कुमारले इन्टरलोक्युटर पंकजकुमार सिंहसित दिल्लीमा भेटघाट गरेका छन्। यस भेटमा ईण्डियन डेमोक्रेटिक रिपब्लिकन पार्टीको तर्फबाट गोर्खाल्याण्डको माग अघि राखेको जानकारी प्राप्त भएको छ। यसको लागि महासचिव डोनाल्ड गहतराजले इन्टरलोक्युटर समक्ष पहाड तराई डुवर्सको स्थायी राजनैतिक समाधान अन्तर्गत गोर्खाल्याण्ड हुनुपर्छ भनी माग राखेको बताएका छन्। इन्टरलोक्युटर पंकजकुमार सिंहसित भेटघाट गरेपछि एउटा भिडियो जारी गर्दै डेमोक्रेटिक रिपब्लिकन पार्टीका महासचिव डोनाल्ड गहतराजले गोर्खाहरुको सय वर्ष पुरानो माग गोर्खाल्याण्डको माग राखेको बताएका छन्। उनले पहाड तराई र डुवर्सका लागि स्थायी राजनैतिक समाधान हुन लागेको समय सबैजना एकबध्द हुनुपर्ने आह्वान् गरेका छन्। उनले अब हुने स्थायी राजनैतिक समाधानमार्फत् हुने नयाँ व्यवस्थामा दार्जिलिङ पहाड साथै तराई डुवर्सबाट प्रतिनिधिहरु दिनु पर्ने माग राखेका छन्। महासचिव डोनाल्ड गहतराजले एउटा भिडियो जारी गर्दै भने, ‘हाम्रो मुख्य मुद्दा भनेको गोर्खाल्याण्ड हो र ईण्डियन डेमोक्रेटिक रिपब्लिकन पार्टीले इन्टरलोक्युटर पंकजकुमार सिंहसित भेटघाट गरेर गोर्खाहरुको सय वर्षभन्दा पुरानो माग गोर्खाल्याण्ड हो भनी जानकारी गराएका छौँ। अब हामी गोर्खाहरुको लागि हुन लागेको स्थायी राजनैतिक समाधान आवश्य हुनपर्छ र यसमा हामी सबै एकबध्द भएर अघि बढ्नुपर्छ। एका अर्कालाई आरोप प्रत्यारोप होइन तर एकबध्द भएर सरकारको विकास कार्यहरु साथमा हाम्रो स्थायी राजनैतिक समाधानको लागि सठीक रुपमा सामुहिक रुपमा अघि बढ्नुपर्छ।’










