खरसाङ: बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले पहाड तराई डुवर्सको स्थायी राजनैतिक समाधान हुन लागेको बेलामा सबैजना एकबध्द हुनुपर्ने आह्वान् गरेका छन्। उनले पहाड तराई डुवर्सको स्थायी राजनैतिक समाधान हुन लागेको बेलामा जीटीए व्यवस्थाबाट राजीनामा नदिई बसेका सभासदहरुलाई जीटीए व्यवस्था छोडेर जातिको लागि एकबध्द हुनुपर्ने आह्वान् गरेका छन्। उनले बेस्ट अफ् द बेस्ट भनेर बस्नु नहुने तर यतिबेला सबैजना एक हुने आह्वान् गरेका छन्। पेम्बा रिम्पोर्छेले अहिले आएर मानिसहरु झुक्किनु हुँदैन र स्थायी राजनैतिक समाधानको लागि बाधा बन्नु हुँदैन भनी बताएका छन्। उनले एउटा भिडियो जारी गर्दै भने, ‘आबो पनि जीटीए व्यवस्था चलाएर हुँदैन। जीटीएबाट सबैले राजीनामा दिनुपर्छ। हाम्रो असली माग भनेको गोर्खाल्याण्ड हो तर जीटीए तीन वा जीटीआर होइन। स्थायी राजनैतिक समाधान हुन लागेको बेला अहिले आएर कुनै पनि व्यवस्थामा जानु हुँदैन। हाम्रो एक मात्र माग गोर्खाल्याण्ड हो।’
उनले अघि भने, अब पनि मानिसहरु झुक्किनु हुँदैन। स्थायी राजनैतिक समाधानको लागि बाधा बन्नु हुँदैन। गोर्खाल्याण्डको लागि केही नगरेर केवल कुर्सीको मात्र काम गर्नु सही होइन। यो समय एक हुने समय हो। अब हामख सबैजना एकबध्द भएर अघि बढ्नुपर्छ।’











