महानदी ग्राम पञ्चायतको बोर्ड पनि भाजपाको झोलीमा

IMG-20260623-WA0093

खरसाङ: खरसाङ खण्ड अन्तर्गत महानदी ग्राम पञ्चायतको पञ्चायत बोर्ड पनि भारतीय जनता पार्टीको झोलीमा गएको छ।‌ महानदी ग्राम पञ्चायतको सातजना पञ्चायत सदस्यहरुमा पाँचजना पञ्चायत सदस्यहरु भारतीय जनता पार्टीमा सामेल भएका छन्।‌ केही दिन अघि महानदी ग्राम पञ्चायतको चारजना पञ्चायत सदस्यहरु भारतीय जनता पार्टीमा गएका थिए भने मंगलवार महानदी ग्राम पञ्चायतको पञ्चायत प्रधान पासाङ शेर्पा पनि भारतीय जनता पार्टीमा सामेल भएका छन्। उनले भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला सचिव बिनय प्रसाद, मिडिया प्रभारी चन्दन प्रसाद, तीनधारे महानदी मण्डल सभापति उमेश प्रधान मण्डलको संयोजक योगेन्द्र छेत्री लगायत अन्यको बाहुलीबाट भाजपाको झण्डा ग्रहण गरेर आधिकारिक रूपमा भारतीय जनता पार्टीमा सामेल भएका छन्। अबको केही दिनमा नै महानदी ग्राम पञ्चायतमा भारतीय जनता पार्टीको पञ्चायत बोर्ड गठन गरिने जानकारी प्राप्त भएको छ।

About Author

Advertisement