भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई स्वागत जनाउने

IMG-20260623-WA0082

खरसाङ: भारतको राष्ट्रिय महिला फुटबल टोलीलाई सात वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि जिताउने पहाडको गौरवशाली सुपुत्र एंव फुटबल प्रशिक्षक क्रिस्पिन छेत्रीलाई युनाइटेड खरसाङ फुटबल क्लबले भव्य स्वागत जनाउने भएको छ‌। भारतको राष्ट्रिय महिला फुटबल टोलीलाई सात वर्षपछि साफ महिला च्याम्पियनसिपको उपाधि जिताएर पहिलोपटक घर आईरहेका भारतको राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई युनाइटेड खरसाङ फुटबल क्लबले बाघडोगरा हवाई अड्डाबाट नै भव्य स्वागत जनाउने निर्णय गरेका छन्। यसै विषयलाई लिएर युकेएफसीले आज एक पत्रकार सम्मेलन आयोजना जानकारी गराएका छन्। उक्त पत्रकार सम्मेलनमा युकेएफसीको सभापति क्यानोट लेप्चा, महासचिव महेन्द्र प्रधान, सह सचिव विशाल शर्मा र चिराग तिवारी, कोषाध्यक्ष उज्जवल लामा र सह कोषाध्यक्ष अर्बिन छेत्री, टिम म्यानेजर मेघराज थापा र राजा राई, मुख्य प्रशिक्षक युगेन लामा, टिम क्याप्टेन राज रावत, क्लबका साल्लाहकार गोपाल छेत्री, गोल किपर रुपक कोया आदि उपस्थित रहेका थिए। यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै सभापति क्यानोट लेप्चा, महासचिव महेन्द्र प्रधान, सह सचिव चिराग तिवारी र सल्लाहकार गोपाल छेत्रीले खरसाङ निवासी पहाडका गौरव एंव भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्री बघडोगरामा आगामी २५ जून २०२६ को साँझ ४ बजी आईपुग्ने जानकारी गराइएको छ।‌ उक्त दिन उनलाई भव्य स्वागत गर्न युकेएफसीको टोली जाने भएका छन् भने खरसाङ र पहाडभरिका फुटबलप्रेमीहरु र क्रिस्पिन छेत्रीलाई माया गर्ने सबैलाई पनि उनको स्वागतको लागि उपस्थित भईदिने अनुरोध गरेका छन्।‌ युकेएफसीका‌ पदाधिकारीहरुले जानकारी गराए अनुसार २५ जूनको दिन क्रिस्पिन छेत्रीलाई स्वागत जनाउने अनि केही दिनपछि भारतीय राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्रीलाई खरसाङमा‌ नागरिक सम्मान गरिने पनि जानकारी गराएका छन्।

About Author

Advertisement