सोनादा: रंगबुल उच्चतर माध्यमिक विद्यालयमा पश्चिम बङ्गाल दिवसको भव्य आयोजना गरिएको छ। यस विद्यालयमा पश्चिम बङ्गाल दिवसको अवसरमा सदन-स्तरीय वाक्य प्रतियोगिता र हाजिरी जवाफ प्रतियोगिता आयोजना गरियो। यस कार्यक्रमको प्रायोजन ‘वेस्ट बङ्गाल को-अपरेटिभ युनियन’ र ‘दार्जीलिङ जिल्ला को-अपरेटिभ युनियन’ ले गरेका थिए। विद्यालयका विभिन्न सदनका विद्यार्थीहरूले उत्साहपूर्वक भाग लिएर आफ्नो ज्ञान, आत्मविश्वास र वक्तृत्वकलाको प्रदर्शन गरे। यस आयोजनाको उद्देश्य पश्चिम बङ्गालको समृद्ध सम्पदा, संस्कृति र उपलब्धिहरूबारे विद्यार्थीहरूमा सचेतना जगाउनु र स्वस्थ शैक्षिक प्रतिस्पर्धालाई प्रोत्साहित गर्नु थियो। हाजिरी जवाफ प्रतियोगिताको सञ्चालन दार्जीलिङ र कालिम्पोङ जिल्लाका शिक्षा निरीक्षक शिशिर पौड्यालले गर्नुभयो। उनका ज्ञानवर्द्धक र रोचक प्रश्नहरूले प्रतियोगितालाई जानकारीमूलक र मनोरञ्जक बनाए। प्रतियोगिताको नतिजा यस प्रकार छ: हाजिरीजवाफ प्रतियोगितामा रेड हाउसले प्रथम, ब्लू हाउसले द्वितीय र यैलो हाउसले तृतीय स्थान हासिल गर्यो। वाक्य प्रतियोगिता मा यैलो हाउस प्रथम, ग्रीन हाउस द्वितीय र रेड हाउस तृतीय स्थानमा रह्यो। विद्यालय परिवारको सक्रिय सहभागिता र सहयोगमा कार्यक्रम सफल भयो। यस खबरको जानकारी सहकारी व्यवस्थापन केन्द्र कालेबुङका सरगम बराइली कोर्स संयोजक र व्याख्याताद्वारा रिपोर्ट गरिएको समाचार प्राप्त भएको छ।










