खरसाङमा क्रीडा भारतीको आयोजनामा अन्तर्राष्ट्रिय योगा दिवस पालन

IMG-20260621-WA0083

योगले विश्वमा क्रान्ति ल्याएको छ: विधायक सोनाम लामा

खरसाङ: क्रिडा भारती खरसाङ शाखाको आयोजनामा खरसाङमा १२औं अन्तर्राष्ट्रिय योगा दिवस अन्तर्गत योग शिविरको आयोजना गरिको छ। खरसाङको सन्त अल्फन्सेस उच्चत्तर माध्यमिक विद्यालयमा आयोजित उक्त योग शिविरमा खरसाङ क्षेत्रका विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु, विभिन्न खेलकूदहरुसित संघ संस्थाहरुका प्रतिनिधिहरु साथै विद्यार्थीहरुले सहभागिता जनाएका थिए। उक्त योग शिविरमा प्रमुख अतिथिको रुपमा सन्त अल्फन्सेस विद्यालयका प्रधानाध्यापक फादर केविन मोक्तान अनि विशिष्ट अतिथिको रुपमा खरसाङका विधायक सोनाम लामा उपस्थित रहेका थिए। शिविरमा योग प्रशिक्षकको रूपमा सञ्जय छेत्री, अश्विनी अग्रवाल र ‌नेहाल अग्रवाल उपस्थित रहेका थिए। तीनैजना प्रशिक्षकहरुले उपस्थित मानिसहरुलाई विभिन्न प्रकारका योग आशनहरु लिएर प्रशिक्षण गराएका थिए।‌ यस योग शिविरमा खरसाङका विधायक सोनाम लामाले पनि सहभागिता जनाएका थिए। यस कार्यक्रमलाई क्रिडा भारती खरसाङ शाखाका संयोजक दिव्यत्तम अधिकारी र अर्नबी चौरसियाले सञ्चालन गरेका थिए। क्रीडा भारती खरसाङ शाखाको आयोजनामा खरसाङमा योगा दिवस पालन गरिएको यो तेस्रोपल्ट हो्। यस योग शिविरमा विशिष्ट अतिथिको रुपमा उपस्थित खरसाङका विधायक सोनाम लामाले आफ्नो सम्बोधनमा योगले विश्वमा क्रान्ति ल्याएको छ भनी बताएका छन्‌। उनले योग सबैले गर्न सक्ने एक्सरसाइज रहेको बताउँदै यसले धेरै फाइदा हुने र धेरै बिमारीहरुबाट जोगाउने बताए। विधायक सोनाम लामाले खरसाङमा आयोजित योगाको कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि खरसाङमा योगलाई लिएर कार्यक्रम आयोजना गरिने कुरामा आशावादी रहेको बताएका छन्‌। उनले मानिसहरु सबैले आफ्नो स्वास्थ्यको लागि योग गर्न आवश्यक रहेको बताए। कार्यक्रममा आयोजक समितिको तर्फबाट क्रिडा भारती उत्तर बंगालका कार्यकारी सदस्य अशोक चौरासियाले क्रिडा भारतीले अखिल भारतीय खेल र स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्था हो जसको स्थापना सन् १९९२ मा भएको थियो भनी बताएका छन्। उनले खरसाङमा अन्तर्राष्ट्रिय योगा दिवस पालन गर्नुको मुख्य उद्देश्य फिट ईण्डिया मुभमेन्टलाई टेवा दिनु रहेको र स्वास्थ्य नै धन रहेकोले मानिसलाई स्वस्थ्य राख्न योगले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ भनी बताएका छन्। कार्यक्रममा धन्यवाद ज्ञापन क्रिडा भारती खरसाङका सह संयोजक सपन सुब्बाले राखेका थिए। अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा आयोजित योग शिविर विषयमा पत्रकारहरुसित कुराकानी गर्दै क्रिडा भारती उत्तर बंगालका कार्यकारी सदस्य अशोक चौरासियाले क्रिडा भारती खरसाङ शाखाको आयोजनामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यो योग शिविरको‌ आयोजना गरिएको छ र यसको मुख्य उद्देश्य फिट ईण्डिया मुभमेन्टलाई बढावा दिनु र स्वास्थ्य रहन यो कार्यक्रमको आयोजना गरिएको बताएका छन्। उनले यस कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिएका छन्।

About Author

Advertisement