सोनादा: अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मानव उत्थान सेवा समिति, सोनादा तहसिल अन्तर्गत पचेङ शाखाद्वारा योग शिविरको आयोजना गरी दिवस उत्साहपूर्वक मनाइएको छ। कार्यक्रममा समिति, मानव सेवा दल, युवा प्रकोष्ठ तथा बाल सभाका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजित योग शिविरमा योग प्रशिक्षक प्रणिता शंकरले सहभागीहरूलाई विभिन्न योगासन तथा प्राणायामको अभ्यास गराउँदै योगको महत्वबारे जानकारी प्रदान गरेका थिए। उनले नियमित योग अभ्यासले शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन तथा सकारात्मक जीवनशैली विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। कार्यक्रममा उत्तर पूर्वाञ्चल क्षेत्रका सह-सचिव चन्दन लकान्द्री, शाखा सचिवा सरोजा सुब्बा, कोषाध्यक्ष मनकुमारी सुब्बा, टोली नायक सोना राई तथा उमंग सुब्बा, उप-टोली नायक बिमल छेत्री, खण्ड प्रमुखहरू सपना सुब्बा, अमिना छेत्री, कविता थापा, नानु राई, सन्तोष गुरुङ तथा श्याम गुरुङको विशेष उपस्थिति रहेको थियो। यसै गरी युवा प्रकोष्ठ संयोजक सिद्धार्थ सुब्बा तथा बाल सभा संयोजिका सरोपा छेत्रीको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।
योग, स्वास्थ्य र आध्यात्मिक चेतनाको सन्देश फैलाउने उद्देश्यले आयोजित उक्त कार्यक्रम उत्साह, अनुशासन र प्रेरणादायी वातावरणमा सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।










