चोरहरू भाग्दैछन भन्दैमा चौकीदारहरुले आफ्नो जिम्मेवारी छोडनु हुँदैन: अजय एडवर्डस्

IMG-20260621-WA0094

दार्जिलिङ: दार्जीलिङ पहाडको वर्तमान राजनैतिक स्थितिमाथि कटाक्ष गर्दै अजय एडवर्डसले सामाजिक संजालमा एउटा पोस्ट जारी गरेको छ।बइण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसले आफ्नो पोस्टमा ‘चोरहरू भाग्दैछन भन्दैमा पहरेदार तथा चाैकीदारहरूले आफ्नो ठाउँ छोडनु पर्छ र? भन्ने प्रश्न तेर्साएका छन्। इण्डियन गोर्खा जनशक्ति फ्रण्टले आफ्नो गठनकाल देखिनै जीटीएमा प्रचुर भष्टचार भएको आरोप र लाञ्छानाहरू लगाउँदै आइरहेको छ। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय कार्यकारिणी सदस्य फिन्जो वाङगेल गुरूङले गत केही महिना अघि मुसुरी दाल र चाना दालको विषयमाथि आरटीआई दर्ता गरेका थिए।सम्बंधित विभागीय अधिकारीद्वारा जारी गरेको प्रतिउत्तरमा जीटीए क्षेत्रका मानिसहरूको निम्ति विभागले कम मूल्यमा मुसुरी दाल र चाना दाल आवंटन गरिएको खुलासा भएको छ।यस बाहेक जीटीए क्षेत्रका विकासको निम्ति सरकारले धेरै धनराशी प्रदान गरेको तर भने जस्तो काम नभएको साथै कतिपय क्षेत्रहरूमा काम नै नभई बिल पास भइसकेको आदि जस्ता घटनाहरू भएको खुलासा भएका छन्।दुधको साची बिरालो बन्नलाई निर्वाचित सभासदहरूले आ-आफ्नो पदभारहरू बाट राजीनामा दिए भन्दैमा सरकारले जनहितको निम्ति जारी गरेको योजनाहरूको सुरक्षा गरेर बस्नेहरूले आफ्नो जिम्मेवारीबाट राजीनामा दिनु कधापी उचित हुँदैन भन्ने अजय एडवर्डसले आफ्नो पोस्टमा स्पष्ट बताएका छन।भष्ट्रचार,धाँधलीको आरोपीहरूले आफुलाई जनताको सिपाही बताउँदैमा जनताको साँचो चाैकीदारहरूले आफ्नो जिम्मेवारी साथै जनताले दिएको जिम्मेवारी छोडनु हुँदैन किन कि भोलीको दिनमा गोर्खाल्यान्ड गठन भएको खण्डमा यी धुर्त तथा चोरहरू नयाँ ढोकाबाट भित्र पसेर जनताको नाममा आएको ढुकुटी रिताउन बेर लगाउने छैन त्यसकारण यस्ता धुर्त साथै लुटारहरूदेखि अब सबै सतर्क रहनु पर्छ इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय संयोजक अजय एडवर्डसले आफ्नो पोस्टमा स्पष्ट लेखेका छन्।

About Author

Advertisement