पञ्चायत सदस्यहरुद्वारा भ्रमण
खरसाङ: घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत तीनधारेको गोलाई पाखास्थित बुथ नम्बर २५० संसद ६ मा अविरल वर्षाको कारणले शान्ता तामाङको घरको नजिक पैह्रौ गएको छ। यस पैह्रौको झट्टै रोकथाम नगरे ज्यान मालको खतरा रहेको छ। यस पैह्रो घर नजिकदेखि गएर राष्ट्रिय राजमार्ग पुगेको छ। तर यस पैह्रोले घरलाई पनि उक्त उत्पन्न भएको छ। पैह्रोको निरीक्षण गर्न घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्य अजय विश्वकर्मा र पञ्चायत सदस्या सुश्मिता गजमेरले भ्रमण गरेका थिए। यस पैह्रो भ्रमणपछि पञ्चायत सदस्यद्वयले पैह्रो पिढीत परिवारको असुविधा विषयमा माथिल्लो तहमा लगिदिने आश्वासन दिएका छन्। यस भ्रमणमा स्थानीय सागर दास, राजेस सेवा, शिव राई पनि उपस्थित रहेका थिए। अहिलेलाई यस पानी झरीमा पैह्रो रोकथामका निम्ति पञ्चायत कार्यालयबाट तारपोलिन ढाक छोपको कार्य गरिएको छ। यस क्रममा गाउँका युवाहरुले सहयोग गरेका थिए। पञ्चायत सदस्य अजय विश्वकर्मले जानकारी गराए अनुसार तीनधारेको विभिन्न स्थानहरुमा गएको पैह्रोको निरीक्षण गरिएको छ। उनले बताए अनुसार यसै ग्राम पञ्चायतको दुई नम्बर बस्तीमा प्रकाश सार्कीको घरमा पनि पैह्रो गएको छ।









