खरसाङ: खरसाङ खण्ड अन्तर्गत पर्ने चिमनी देवराली ग्रामको प्रधान बिमल तामाङसहित तीनजना पञ्चायत सदस्यहरु गोर्खा जनमुक्ति मोर्चामा सामेल हुनसाथ चिम्नी देउराली ग्राम पञ्चायतमा गोजमुमोको बोर्ड गठन भएको छ। चिमनी देवराली ग्राम पञ्चायतमा जम्मा ५ जना पञ्चायत सदस्य सदस्याहरु छन् भने तीनजना पञ्चायत सदस्यहरु शनिवार बिहान गोजमुमोमा सामेल भएका छन्। शनिवार बिहान खरसाङमा गोजमुमो अध्यक्ष बिमल गुरुङको हातबाट पार्टीको झण्डा थापेर चिम्नी देउराली ग्राम पञ्चायतको पञ्चायत प्रधान विमल तामाङ, पञ्चायत सदस्य दिपेस थापा र सिमा थापा गोजमुमोमा सामेल भएका छन्। चिमनी देवराली ग्राम पञ्चायतको ५ जनामा तीनजना पञ्चायत सदस्यहरु चिम्नी देउराली ग्राम पञ्चायतमा गोजमुमोको बोर्ड गरिएको छ। चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत प्रधान बिमल तामाङ ईण्डियन गोर्खा जनशक्ति फ्रण्टमा थिए भने दिपेस थापा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट पञ्चायत सदस्य भएका थिए भने उनले केही समय अघि पार्टीबाट राजीनामा दिएका थिए। चिमनी देवराली ग्राम पञ्चायतमा गोजमुमोको नयाँ बोर्डमा पञ्चायत प्रधान विमल तामाङ नै हुने र उप प्रधान दिपेस थापा हुने गोजमुमो खरसाङ महकुमा समितिको सभापति योगेन्द्र राईले जानकारी गराएका छन्। उनले चिमनी देवराली ग्राम पञ्चायतको अझैं एकजना पञ्चायत सदस्य पनि गोजमुमोमा जानकारी गराएका छन्। पार्टी अध्यक्ष बिमल गुरुङको उपस्थितिमा चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत सदस्यहरु गोजमुमोमा सामेल भएपछि पत्रकारहरुलाई सम्बोधन गर्दै पञ्चायत प्रधान बिमल तामाङले भने, हामी चिम्नी देउराली ग्राम पञ्चायतको पञ्चायत सदस्यहरु गोजमुमोमा सामेल भएको र बोर्ड पनि गोजमुमोको नै गठन भएको छ। हामी गोजमुमोमा सामेल भएको मुख्य कारण क्षेत्रीयता बचाउनु रहेको छ। त्यसरी नै गोजमुमो खरसाङ महकुमा समितिको सभापति योगेन्द्र राईले २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको सबैतिर पार्टीको बुथ कमिटीहरु गठन गरिएको र चिम्नी देउराली ग्राम पञ्चायत क्षेत्रमा गोजमुमोको सांगठनिक गतिविधि र धरातल बलियो भएको बताएका छन्। उनले क्रममा चिम्नी देउराली ग्राम पञ्चायतमा गोजमुमोको बोर्ड गठन गरिएको जानकारी गराएका छन्।










