जनताका गुनासोहरू सम्बोधन गर्न संसदीय याचिका समिति खरसाङमा

FB_IMG_1781806241496

साना तथा मझौला उद्योगका समस्याहरूबारे विस्तृत सुनुवाइ

खरसाङ: देशव्यापी जनसम्पर्क अभियानको एक हिस्सा स्वरूप संसदीय कार्यबाहीका क्रममा उठेका जनताका गुनासो तथा प्रगतिका विषयहरूलाई सम्बोधन गर्न आज संसदीय याचिका समिति (पार्लियामेंट्री स्टैंडिंग कमेटी ऑन पेटिशन्स) दार्जिलिङ पहाडको ऐतिहासिक सहर खरसाङ आइपुगेको छ। दार्जिलिङ लोकसभा निर्वाचन क्षेत्रका जनताका तर्फबाट समितिका माननीय सभापति र माननीय सदस्यहरूलाई यस सुन्दर क्षेत्रमा भव्य स्वागत जनाइएको छ। खरसाङमा आयोजित यस विशेष सुनुवाइका क्रममा समितिले देशभरिका साना तथा मझौला उद्योगहरूलाई प्रत्यक्ष असर पारिरहेको ‘एमएसएमई पुनरुत्थान रूपरेखा’ लागू नभएको विषय र बैंकसँग सम्बन्धित अन्य विविध समस्याहरूबारे विस्तृत रूपमा छलफल र समीक्षा गर्यो। समितिले यी विषयहरूमाथि आफ्नो जाँच र अध्ययनलाई निरन्तर जारी राख्ने भएको छ, जस अन्तर्गत निवेदकहरूका समस्या र चिन्ताहरूलाई उचित समाधानका लागि उच्च सरकारी स्तरसम्म पुर्‍याएर ठोस निर्णय लिइने आश्वासन दिइएको छन्।

About Author

Advertisement