खरसाङको मन्टिभियट र गोथल्समा हुने कार्यक्रममा सहभागी हुने
खरसाङ: आज मंगवार पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी खरसाङ आईरहेका छन्। उनी राज्यको मुख्यमन्त्री बनेपछि पहिलोपल्ट पहाड आईरहेका छन्। उनी योभन्दा पहिला पहाडमा प्राकृतिक आपदा आएको समयमा पहाड आएर निरीक्षण गरेका थिए भने मंगलवार खरसाङमा आउने कार्यक्रम रहेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारी हेलिकप्टरबाट खरसाङ आउने र बिहान ११ बजीको समयमा खरसाङको मन्दिरभियट खेल मैदानमा हुने कार्यक्रममा सहभागी हुनेछन्। त्यहाँ मुख्यमन्त्री शुभेन्दु अधिकारीले विभिन्न सामाजिक संघ संस्थाहरु र एनजीओका प्रतिनिधिहरुलाई भेट्ने कार्यक्रम रहेको छ भने उनलाई पहाडका विभिन्न राजनीतिक दलहरूले सम्मान जनाउने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ। मन्टिभियट खेल मैदानमा नै मुख्यमन्त्री शुभेन्दु अधिकारीले सम्बोधन पनि गर्ने कार्यक्रम रहेको छ। त्यसपछि खरसाङको गोथल्स साईडिङ्गमा हुने एक सरकारी कार्यक्रममा उनी सहभागी हुनेछन्। त्यहाँ मुख्यमन्त्री शुभेन्दु अधिकारीको बाहुलीबाट विभिन्न सरकारी योजनाहरुमार्फत् लाभार्थीहरुलाई लाभ हस्तान्तरण गरिने कार्यक्रम रहेको छ। खरसाङमा मुख्यमन्त्री शुभेन्दु अधिकारीको कार्यक्रमलाई लिएर तयारी पूरा भएको छ भने उक्त तयारीलाई लिएर दार्जिलिङका सांसद राजु विष्ट, खरसाङका विधायक सोनाम लामा लगायत अन्यले खरसाङको मन्टिभियट खेल मैदान र गोथल्स खेल मैदानको निरीक्षण गरेका छन्। खरसाङमा मुख्यमन्त्री शुभेन्दु अधिकारीको कार्यक्रमलाई लिएर सांसद राजु विष्टले खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै राज्यको मुख्यमन्त्री शुभेन्दु अधिकारी मुख्यमन्त्री बनेपछि पहिलोपल्ट पहाड आईरहेका छन् र उनको स्वागतमा सबै दार्जिलिङ, कालेबुङ, खरसाङ क्षेत्रका जनतालाई उपस्थित भईदिने अनुरोध गरेका छन्। सांसद राजु विष्टले पहिलाको मुख्यमन्त्री पहाडी आउँदा कोही पनि खुशी हुँदैन थियो तर अहिले नयाँ मुख्यमन्त्री शुभेन्दु अधिकारी पहाड आउँदा सबैमा उत्साह र जोश देखिएको छ भनी बताएका छन्।

उनले भने, ‘मुख्यमन्त्री शुभेन्दु अधिकारी खरसाङको मन्टिभियट खेल मैदानमा हुने कार्यक्रममा सहभागी हुनेछन् जसमा विभिन्न संघ संस्थाहरु र एनजीओका प्रतिनिधिहरुलाई भेट्ने कार्यक्रम छ भने पहाडका विभिन्न राजनीतिक दलहरूका प्रतिनिधिहरुले मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई सम्मान जनाउने कार्यक्रम रहेको छ। यहाँ मुख्यमन्त्री शुभेन्दु अधिकारीले सम्बोधन पनि गर्ने कार्यक्रम रहेको छ।त। यसरी नै खरसाङको गोथल्स साईडिङ्गमा हुने सरकारी कार्यक्रममा पनि सहभागी हुनेछन् जसमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले विभिन्न सरकारी योजनाहरुमार्फत् लाभार्थीहरुलाई लाभ हस्तान्तरण गरिने कार्यक्रम रहेको छ।’










