सांसद विष्ट आफै निस्के झाडु बोकेर सफाई अभियानमा

IMG-20260615-WA0087

सांसद राजु विष्टको नेतृत्वमा खरसाङ बजारमा सर सफाई कार्यक्रम सम्पन्न

खरसाङ: दार्जिलिङका सांसद राजु विष्टको नेतृत्वमा सोमवार खरसाङ बजारमा सर सफाई अभियानको कार्यक्रम सम्पन्न गरिएको छ‌। यस क्रममा उनले खरसाङको मोटर स्ट्याण्डबाट सफाई अभियानको डेमो‌ गरेर हिल कार्ट रोड हुँदै खरसाङ बजार क्षेत्रमा सफाई अभियान सम्पन्न गरेका थिए। यो सफाई अभियान डेमोको रुपमा आयोजना गरिएको र जनतालाई सफाई राख्नलाई सचेतना गराउन आयोजना गरिएको छ। यस सफाई अभियानमा सांसद राजु विष्ट आफै हातमा पञ्जा लगाएर झाडु बोकेर सफाई गरेका थिए। यस क्रममा सांसद राजु विष्ट लगायत खरसाङका विधायक लगायत पार्टी कार्यकर्ताहरुले पनि मैलाहरु उठाएका थिए भने सर‌ सफाई अभियानमा सहभागी बनेका थिए। सर सफाई अभियानमा‌ सांसद लगायत अन्य सबैले बजारमा देखिएको मैलाहरु टिपेका‌ थिए भने खरसाङका जनतालाई सर सफाई गर्न सन्देश दिएका थिए।

यस अवसरमा सांसद राजु विष्टले प्रत्येक दोकान अघि देखिएको मैलाहरु टिपेका‌ थिए भने दोकानेहरुलाई आफ्नो दोकान अघि सर सफाई गर्न अनिवार्य रहेको र सदैव सफाई गर्न निर्देशन पनि दिएका छन्‌। यस सफाई अभियान कार्यमा खरसाङ नगरपालिकाको सफाई कर्मचारीहरु पनि उपस्थित रहेका थिए। यस सफाई अभियानमा सांसद राजु विष्टसितै खरसाङका विधायक सोनाम लामा, भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा, उपाध्यक्ष आरबी लामा, जिल्ला सचिव बिनय प्रसाद, मिडिया प्रभारी चन्दन प्रसाद, कानुनी सल्लाहकार अधिवक्ता रमेश अग्रवाल, प्रवक्ता निरज थापा, पञ्चायत समिति सदस्या दिक्षा तामाङ लगायत भारतीय जनता पार्टीको अन्य प्रतिनिधिहरु उपस्थित रहेका थिए।‌ यस सफाई अभियान विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सांसद राजु विष्टले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकार सबैभन्दा बेसी दिन भएको अवसरमा खरसाङमा सफाई अभियान अन्तर्गत डेमो कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्। उनले सफाई अभियानको डेमो मात्र होइन तर दैनिक जीवनमा नै सर सफाई आवश्यक रहेको बताएका छन्‌।

उनले यस सफाई अभियानमा खरसाङको जनता र भारतीय जनता पार्टीको प्रतिनिधिहरुले भाग लिएको बताए। सांसद राजु विष्टले जनताको विकासको लागि सरकारले हरेक किसिमले काम त गर्छ नै तर जनता पनि जागरुक भएर सर सफाई गर्न आवश्यक छ भनी बताएका छन्। उनले सर सफाई गर्नु हरेक नागरिकको दायित्व हो भनी बताएका छन्।

About Author

Advertisement