एनबीयूमा ‘ध्रुमा फिल्म फेस्टिभल’ सम्पन्न

Screenshot_20260612_234436_Facebook

सिलगढी: उत्तर बङ्गला क्षेत्रको ऐतिहासिक सम्पदा, कला र परम्परालाई जोगाउने अनि यसको प्रवर्द्धन गर्ने उद्देश्यका साथ उत्तर बङ्गला विश्वविद्यालय (एनबीयू) को रवीन्द्र भानु मञ्चमा ‘ध्रुमा फिल्म फेस्टिभल’ भव्य रूपमा आयोजना गरियो। पहाडी क्षेत्रको रैथाने संस्कृति र परम्परामा केन्द्रित यस चलचित्र महोत्सवमा राज्यका पञ्चायत एवं ग्रामीण विकास मन्त्री दिलीप घोषको विशेष उपस्थिति रहेको थियो। मन्त्री महोदयका साथमा उत्तर बङ्गला विश्वविद्यालयका कार्यवाहक रजिस्ट्रार भास्कर विश्वास लगायत क्षेत्रका कयौँ प्रख्यात चलचित्र निर्माताहरूको पनि बाक्लो उपस्थिति रहेको थियो।

​यस महोत्सवले पहाडको परम्परागत संस्कृतिलाई संरक्षण गर्न र क्षेत्रीय चलचित्रहरूलाई अघि बढाउन कति आवश्यक छ भन्ने कुरामाथि विशेष जोड दिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री दिलीप घोषले यहाँको स्थानीय संस्कृति र पहिचानलाई विश्वसामु प्रस्तुत गर्नका निम्ति क्षेत्रीय स्तरमा चलचित्रहरू निर्माण गरिनुपर्ने कुरामाथि बल दिनुभयो। यस्ता मौलिक प्रयासहरूले यहाँको कला-संस्कृतिलाई जीवित राख्नुका साथै समग्र उत्तर बङ्गला क्षेत्रको पर्यटन व्यवसायलाई अझ बढावा दिन ठुलो मद्दत पुर्‍याउने विचार उहाँले व्यक्त गर्नुभयो।

About Author

Advertisement