सिङ्ताम: सिङ्ताम-खामदोङ क्षेत्रका माननीय विधायक एवं सडक तथा पुल विभागका मन्त्री श्री एन.बी. दाहालको बाहुलीबाट सिङ्तामको राब्दाङमा नव-स्थापित महकुमा अधिकारी (एस.डी.ओ.) को कार्यालय विधिवत् रूपमा उद्घाटन भएको छ।
यस अवसरमा मन्त्री महोदयका साथमा गान्तोकका वरिष्ठ पुलिस अधीक्षक (सिनियर एस.पी.) श्री महेन्द्र सुब्बा, ए.एस.पी. श्री प्रविण लामिछाने, खामदोङका खण्ड विकास अधिकारी (बी.डी.ओ.), सिङ्ताम नगर पञ्चायतका अध्यक्ष श्री मुकेश कुमार अग्रवाल, चिसोपानी वार्डका काउन्सिलर श्री सुरेश कुमार तामाङ लगायत अन्य काउन्सिलरहरू, चिसोपानी जी.पी.यू.का पञ्चायत सदस्यहरू अनि विभिन्न गण्यमान्य व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो।










