नितिन गडकरीले पहिलो फ्लेक्स-फ्यूल मोटरसाइकल लञ्च गरे

IMG-20260612-WA0064(1)

नयाँ दिल्ली: केन्द्रीय सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरी र केन्द्रीय पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले नयाँ दिल्लीमा हीरो मोटोकर्पको पहिलो फ्लेक्स-फ्यूल मोटरसाइकलको लञ्च कार्यक्रममा सहभागिता जनाए। यस अवसरमा नितिन गडकरीले कम्पनीको यस पहलको प्रशंसा गर्दै यो प्रधानमन्त्री नरेन्द्र मोदीको स्वच्छ, आत्मनिर्भर र दिगो यातायातको दृष्टिकोणअनुरूप रहेको बताए। उनले विश्वकै सबैभन्दा ठूलो दुई चक्के सवारीसाधन बजारका रूपमा भारतले फ्लेक्स-फ्यूल मोबिलिटी अपनाउन अग्रणी भूमिका खेल्न सक्ने बताए। उनका अनुसार, यस प्रविधिको प्रयोगबाट कार्बन मोनोअक्साइड उत्सर्जनमा ७७ प्रतिशतसम्म कमी ल्याउन सकिन्छ।
गडकरीले फ्लेक्स-फ्यूल सवारीसाधनलाई प्रोत्साहन गर्दा पेट्रोलियम आयातमाथिको निर्भरता कम हुने र देशले लगभग १.४४ लाख करोड़ रुपियाँ बराबरको विदेशी मुद्रा बचत गर्न सक्ने बताए। उनले यस पहलले ग्रामीण क्षेत्रमा ऊर्जा सुरक्षालाई दह्रिलो बनाउने, जैव इन्धन (बायोफ्यूल) को माग बढाउने, किसानहरूको आमदानीमा सहयोग पुर्‍याउने तथा “वेस्ट टु वेल्थ” अर्थात् फोहोरबाट सम्पत्ति निर्माण गर्ने अवधारणालाई पनि प्रोत्साहन गर्ने बताए।
केन्द्रीय मन्त्रीले यसबाट रोजगारीका नयाँ अवसरहरू सिर्जना हुने र देशको आर्थिक विकासले थप गति लिने बताए। उनले हीरो मोटोकर्पको फ्लेक्स-फ्यूल मोटरसाइकल लञ्च हुनु अटोमोबाइल क्षेत्र, वातावरण संरक्षण तथा भारतीय अर्थतन्त्रका लागि एक महत्वपूर्ण उपलब्धि भएको बताए। यो सबै सम्बन्धित पक्षहरूको सहयोग र समन्वित प्रयासको परिणाम रहेको पनि उनले उल्लेख गरे।

About Author

Advertisement