असम: गुवाहाटी रेलवे स्टेशनबाट नौ बङ्गलादेशी नागरिक पक्राउ

d6df73e1-a059-4188-b293-09c82957bb9e

गुवाहाटी: गुवाहाटी रेलवे स्टेशनमा रेलवे पुलिसले गए राती बिहीवार नौ जना बङ्गलादेशी नागरिकहरूलाई पक्राउ गरेको छ। प्रारम्भिक जाँचमा उनीहरू अवैध रूपमा असममा प्रवेश गरेको आशङ्का व्यक्त गरिएको छ।
​पुलिस सूत्रका अनुसार, यी सबै बङ्गलादेशी नागरिकहरू कछार जिल्लाको सीमा भएर असमभित्र छिरेका र पछि गुवाहाटी आइपुगेका थिए। सुरक्षा एजेन्सीहरूले उनीहरूको पहिचान सम्बन्धि दस्तावेज तथा यात्रा मार्गको जाँच गरिरहेका छन्।
​हाल सबै नौ जना बङ्गलादेशी नागरिकहरू गुवाहाटी रेलवे पुलिसको हिरासतमा छन्। पुलिसले उनीहरूसित सोधपुछ गर्नुका साथै मामिलाको विस्तृत अनुसन्धान गरिरहेको छ।

About Author

Advertisement