गुवाहाटी: गुवाहाटी रेलवे स्टेशनमा रेलवे पुलिसले गए राती बिहीवार नौ जना बङ्गलादेशी नागरिकहरूलाई पक्राउ गरेको छ। प्रारम्भिक जाँचमा उनीहरू अवैध रूपमा असममा प्रवेश गरेको आशङ्का व्यक्त गरिएको छ।
पुलिस सूत्रका अनुसार, यी सबै बङ्गलादेशी नागरिकहरू कछार जिल्लाको सीमा भएर असमभित्र छिरेका र पछि गुवाहाटी आइपुगेका थिए। सुरक्षा एजेन्सीहरूले उनीहरूको पहिचान सम्बन्धि दस्तावेज तथा यात्रा मार्गको जाँच गरिरहेका छन्।
हाल सबै नौ जना बङ्गलादेशी नागरिकहरू गुवाहाटी रेलवे पुलिसको हिरासतमा छन्। पुलिसले उनीहरूसित सोधपुछ गर्नुका साथै मामिलाको विस्तृत अनुसन्धान गरिरहेको छ।









