सांस्कृतिक अभियन्ता दिलु तामाङलाई ‘उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कार’

FB_IMG_1781194939167

गान्तोक: सिक्किमकी प्रतिष्ठित लोक नृत्याङ्गना, नृत्य निर्देशक (कोरियोग्राफर) एवं ‘डाइनामिक फ्लिकर्स डान्स एकेडेमी’ की संस्थापक दिलु (दिलकुमारी) तामाङ भारतको प्रतिष्ठित ‘उस्ताद बिस्मिल्लाह खान युवा पुरस्कार’ का लागि चयन भएकी छन्। भारतको केन्द्रीय संगीत नाटक अकादमीले लोक नृत्य र सांस्कृतिक क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै उनलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
​सिक्किमकी प्रखर सांस्कृतिक साधक तामाङले विगत लामो समयदेखि कला प्रस्तुति, नृत्य निर्देशन र सांस्कृतिक शिक्षामार्फत यस क्षेत्रका रैथाने लोक परम्पराहरूको संरक्षण एवं संवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएकी छन्।
​आफ्नो एकेडेमीमार्फत नयाँ पुस्तालाई लोक नृत्यतर्फ आकर्षित गर्न र रैथाने कलालाई जीवन्त राख्न उनले पुर्‍याएको योगदानको कदरस्वरूप अकादमीले यो सम्मान दिन लागेको हो। तामाङको यस सफलतालाई सिक्किम र समग्र नेपाली सांस्कृतिक वृत्तले गौरवको विषयका रूपमा लिएको छ।

About Author

Advertisement