खरसाङको सन्त मेरिज तीन ग्राम पञ्चायतमा भाजपाको बोर्ड गठन

IMG-20260611-WA0088

गाडीधुरा निवासी दिनेश थापा बने पञ्चायत प्रधान

खरसाङ: खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज तीन ग्राम पञ्चायतमा भारतीय जनता पार्टीले बोर्ड गठन गरेको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको बोर्ड रहेको यस पञ्चायतका प्रायः सबै सदस्यहरूले भाजपालाई समर्थन जनाएपछि अनि अघिबाटै यस ग्राम पञ्चायतका प्रधान मणिराज डुम्जनले राजीनामा दिएपछि आज आधिकारिक रूपमा भाजपाले बोर्ड गठन गर्दै नयाँ पञ्चायत प्रधानको पनि चुनाउ गराइयो। उक्त चुनाउमा उपस्थित प्रायः सबै पञ्चायत सदस्यहरूले गाडीधुरा निवासी दिनेश थापाको पक्षमा प्रधान पदको निम्ति मञ्जुरी दिएपछि यस ग्राम पञ्चायतको नयाँ प्रधानको थापालाई चयन गरियो। उप प्रधानको पद भने आगामी केही दिन भित्रमा हुने जानकारी प्राप्त भएको छ। दिनेश थापालाई प्रधान पद प्राप्त भएपछि अनि आफ्नो पार्टीले बोर्ड गठन गरेपछि दुधेमा भाजपाले विजय ऱ्याली पनि निकाल्यो।

पद प्राप्त गरेपछि नयाँ प्रधान दिनेश थापाले सबैलाई समेटेर आगामी दिनमा जनताको हितको निम्ति कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। यता उप प्रधान सन्तोष तामाङले कुनै पनि पार्टीको सत्ता आउँछ भने त्यहाँ त्यस पार्टीको अवश्य नै बोर्ड गठन हुन्छ भन्दै भाजपाद्वारा गरिएको बोर्ड गठनलाई आफ्नो स्वीकार र समर्थन रहेको जनाउँदै उनले पनि आफ्नो पदबाट नैतिक रूपमा राजीनामा दिएको जनाउँदै आगामी केही दिनमा उप प्रधानको पनि चयन हुने बताए।

About Author

Advertisement