‘दार्जिलिङ-बालासन जल परियोजना’ अन्तर्गत कार्यरत् कर्मचारीवर्गद्वारा मन्त्री अग्निमित्र पललाई स्थायीकरणको मागमा ज्ञापन पत्र

IMG-20260608-WA0098

सोनादा: ‘दार्जिलिङ- बालासन जल परियोजना’ अन्तर्गत कार्यरत् कर्मचारीवर्गले दार्जिलिङ भ्रमणमा आएका पश्चिम बङ्गालकी क्याबिनेट मन्त्री अग्निमित्र पलसँग भेट गरेर कर्मचारीहरुको दीर्घदिनदेखिको स्थायीकरणको मांग पुन नयाँ सरकार समक्ष राखेका छन्। यसको फलस्वरुप मन्त्रीले यथाशीघ्र समस्याको समाधानमा जाने अश्वासन दिएको जानकारी प्राप्त भएको छ। मन्त्रीसँगै परिभ्रमणमा रहेका दार्जिलिङका सांसद राजु विष्ट, दार्जिलिङ विधानसभाको विधायक नोमन राई, खरसाङ विधानसभा क्षेत्रका विधायक सोनाम लामा अनि उत्तर बङ्गाल पीएचई विभागीय प्रमुखलाई आफ्नो कुरा राख्दै स्मरण पत्र चडाएको दार्जिलिङ बालासन जल परियोजना अध्यक्ष बबिन सुब्बाले जानकारी गराएका छन्। यस भेटको क्रममा कर्मचारीवर्गको पक्षबाट मूल सचिव सचिन राई, सह सचिव निकिल राई ,कोषाध्यक्ष बिमल प्रधान, कार्यकारिणी सदस्यहरु मृगेन तामाङ, भुपेन राई, सचिन तामाङ, वाङ्चु भोटिया उपस्थित रहेका थिए।

About Author

Advertisement