मुल्लांपुर: भारतले अफगानिस्तानलाई एकमात्र टेस्ट म्याचमा ईनिंग्स र ३०० रनले पराजित गऱ्यो। भारतले आफ्नो पहिलो ईनिंग्स ८ विकेटमा ५६४ रन बनाएर घोषित गरेपछि अफगानिस्तानको पहिलो ईनिंग्स तेस्रो दिन १५२ रनमा समेटेको थियो। यसरी पहिलो ईनिंग्सको आधारमा ४१२ रनको बढ़त हासिल गर्ने भारतले अफगानिस्तानलाई फलोअन् दिएको थियो। अफगानिस्तानको दोस्रो ईनिंग्समा ब्याटरहरूका प्रदर्शन झन् निराशाजनक रह्यो अनि टीम केवल ११२ रन बनाएर अलआउट भयो। दोस्रो ईनिंग्समा अफगानिस्तानले ९ विकेट गुमायो कारण शराफुद्दीन अशरफ चोटले गर्दा ब्याटिंग गर्न आएनन्। यो भारतको टेस्ट क्रिकेटको इतिहासमा ईनिंग्सको आधारमा अहिलेसम्मको सबैभन्दा ठूलो जीत हो। यसअघि भारतले २०१८-मा राजकोट टेस्ट म्याचमा वेष्ट इण्डिजलाई ईनिंग्स र २७२ रनले पराजित गरेको थियो। त्यही साल भारतले अफगानिस्तानलाई बेंगलुरुमा ईनिंग्स र २६२ रनले पराजित गरेको थियो। पहिलो ईनिंग्सको आधारमा विशाल बढ़त हासिल गरेपछि भारतले अफगानिस्तानलाई फलोअन् दियो तर हशमतुल्लाह शाहिदीको कप्तानीमा रहने टीमले दोस्रो ईनिंग्समा पनि भारतीय बलरहरूको सामना गर्न सकेन। अफगानिस्तानको तर्फबाट दोस्रो ईनिंग्समा सेदिकुल्लाह अटलले सर्वाधिक ४२ रन बनाए। अफगान टीमको ओपनरले ८० बल खेलेर ५ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक रहमानुल्लाह गुरबाजले २४ र रहमत शाहले १३ रन बनाए। अन्य कसैले पनि १० रनको आँकड़ालाई पनि छुन सकेनन्। अफगानिस्तानको दोस्रो ईनिंग्समा भारतीय बलरहरूमा वाशिंगटन सुन्दरले ४ र कुलदीप यादवले ३ विकेट हासिल गरे। यसअघि आइतवारको स्कोर ५ विकेटमा ११३ रनदेखि अघि खेल्दै आज अफगानिस्तानको पहिलो ईनिंग्स १५२ रनमा समाप्त भयो। दोस्रो दिन ४३ रनमा अविजित रहने अजमत शाहले आज आफ्नो अर्द्धशतक पूरा गरे। उनले १३५ बलमा ६० रन बनाए। यसमा ९ वटा चौका र एउटा छक्का सामेल छ। अफगानिस्तानको पहिलो ईनिंग्समा मानव सुथारले सर्वाधिक ६ विकेट लिए। यसरी प्रसिद्ध कृष्णाले ३ विकेट हासिल गरे। पदार्पण टेस्टमै छाप छोड़ने मानव सुथारले प्लेयर अव् द म्याचको ट्रफी जिते।










