खरसाङ::पहाडकै एक प्रतिष्ठित खेलकूद संस्था खरसाङ महकुमा खेलकूद संघले आज २३ औं फिफा विश्व कप फुटबल महाकुम्भको स्वागतमा खरसाङमाबएउटा ऱ्यालीको आयोजना गरेको छ।उक्त ऱ्याली खरसाङको मोटर स्ट्याण्डदेखि शुरु भएर अस्पताल मोड़, वर्ध्दवान रोड भएर पुनः मोटर स्ट्याण्डमा आएर समाप्त भएको छ। उक्त ऱ्यालीमा खरसाङ वरिपरिका फुटबलसित सम्बन्धित क्लब, एकाडेमीका प्रतिनिधिहरुले उत्साहपूर्वक भाग लिएका थिए भने फुटबल भने प्रेमीहरुको पनि सहभागिता रहेको थियो। यस क्रममा खरसाङ क्षेत्रका खेल संस्थाहरु युकेएफसी, हिल फुटबल एकाडेमी, जेआर 32, ब्याडमिन्टन एसोसिएसन, एथलेटिक क्लब, मार्शल आर्ट अनि फिटनेस एकाडेमी, किक् बाक्सिङ एसोसिएशन, अभिनन्दन कराते संघ, खरसाङ गर्ल्स फुटबल क्लब, बडी बिल्डिङ एसोसिएशन, कोर इनेर्जी जिम लगायत अन्यहरुको उपस्थिति रहेको थियो। २३औं फिफा विश्व कप फुटबल आगामी १२ जूनदेखि तीनवटा देशहरु अमेरिका, क्यानाडा अनि मेक्सिकोमा शुरु भइरहेको छ भने यसलाई लिएर सम्पूर्ण भारत लगायत पहाड पनि फुटबलमय भनेको छ।

प्रत्येक संस्करण झैँ यसपल्ट पनि खरसाङ महकुमा खेलकूद संघले यस फिफा विश्व कप फुटबल महाकुम्भलाई स्वागत गर्दै आज ऱ्यालीको आयोजना गरेको थियो। ऱ्यालीपछि धन्यवाद दिने क्रममा खरसाङ महकुमा खेलकूद संघका सचिव निर्मल गुरुङले आजको ऱ्यालीमा सहभागिता जनाउने सबैप्रति आभार व्यक्त गरेका छन्। यस ऱ्याली अवधि यस्तो पर्यटकको सिजनमा पनि ट्राफिक व्यवस्थालाई सुचारु ढंगमा मिलाई दिएकोमा खरसाङ ट्राफिक पुलिसप्रति पनि उनले आभार गरेका छन्।

यसको साथै उनले विश्व कप फुटबलमा भारतले भाग लिइरहेका छैनन् तरै पनि भारतवासी अनि पहाडवासीले यसरी यसलाई एउटा उत्सवको रुपमा पालन गरिरहेका छन् भने त्यो दिन कस्तो होला जब हाम्रो देश भारतले यस खेलहरुको महाकुम्भ विश्व कप फुटबलमा भाग लिनेछन भनी बताउँदै गुरुङले आज यस ऱ्यालीमा भाग लिने सा साना नानीहरुकोमा नै भारतको भविष्य छ भनी उनले बताएका छन्।











