खरसाङ: आर्मी रिक्रुटमेन्ट फिजिक्स ट्रेनिङ इन्स्टिट्युट खरसाङको आयोजनामा पाँचौं ब्याजको बिदाई तथा सम्मान कार्यक्रम खरसाङ अन्तर्गत गिध्द पहाडको चौकी डाँडास्थित तरुण संघको सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता प्रेस क्लब अफ् खरसाङको सभापति एवं वरिष्ठ पत्रकार मुरारीलाल पञ्चमले गरेका थिए भने प्रमुख अतिथिको रुपमा अवकाशप्राप्त कप्तान अम्बर तामाङ उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा खरसाङको बिल्डिङ्ग एण्ड फिटनेस एकादमीका सभापति एवं अन्तर्राष्ट्रिय जर्ज सञ्जय छेत्री, खरसाङ महकुमा खेलकूद संघको सचिव निर्मल गुरुङ, वरिष्ठ पत्रकार सञ्जय प्रधान, तरुण संघ चौकी डाँडाको सचिव शेखर सुब्बा लगायत भूतपूर्व सैनिकहरु र अन्यहरु उपस्थित रहेका थिए। नानी एञ्जिलिना मुखियाको स्वागत नृत्यबाट शुरु गरिएको कार्यक्रममा स्वागत सम्भाषण पत्रकार सुवास छेत्रीले राखेका थिए। पत्रकार हनोक थापाले सञ्चालन गरेको कार्यक्रममा आर्मी रिक्रुटमेन्ट फिजिक्स ट्रेनिङ इन्स्टिट्युट खरसाङको निर्देशक राजेन्द्र तामाङले यस ट्रेनिङ इन्स्टिट्युटको स्थापना र यसको विषयमा जानकारी गराएका थिए। कार्यक्रममा असन्तोष तामाङले गीत प्रस्तुत गरेका थिए भने यस इस्टिट्युटको युवाहरुले समूहमा गीत प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा पत्रकार अमरजीत स्याङ्देन र न्युज रिडर सुबानी राईलाई सम्मान पनि जनाइएको छ। कार्यक्रममा प्रेस क्लब अफ् खरसाङलाई यस ट्रेनिङ इन्स्टिट्युट खरसाङको तर्फबाट सम्मान जनाइएको छ जसमा पत्रकारहरुलाई खदार्पणसहित फूल गुच्छासहित स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। कार्यक्रममा प्रमुख अतिथि कप्तान अम्बर तामाङ, विशिष्ट अतिथिहरु क्रमैले वरिष्ठ पत्रकार सञ्जय प्रधान, निर्मल गुरुङ, सुबेदार सरोज तामाङ र सभाध्यक्ष वरिष्ठ पत्रकार मुरारीलाल पञ्चम आदिले सम्बोधन गरेका थिए। यसै कार्यक्रममा आर्मी रिक्रुटमेन्ट फिजिक्स ट्रेनिङ इन्स्टिट्युट खरसाङको तर्फबाट यसै इन्स्टिट्युटबाट ट्रेनिङ लिएर अग्निवीरमा गएका पाँचौं ब्याजका युवाहरुलाई सम्मान जनाइएको छ।

यस क्रममा अतिथिहरुका बाहुलीबाट खदार्पणसहित फूल गुच्छा र स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाइएको छ। यसको साथै यस इन्स्टिट्युटमा ट्रेनिङ गरेका पाँचौं ब्याजका युवाहरुमा कालेबुङ निवासी अग्निवीरमा गएका चिन्लप लेप्चालाई वेस्ट अनुशासन र कालेबुङ निवासी पेम्बा दोर्जेलाई बेस्ट स्टुटेन्टको अवार्डले सम्मानित पनि गरिएको छ। यसको साथै पाँचौं ब्याजका युवाहरुलाई यस इन्स्टिट्युटका होस्टेल निर्देशिका लिलावती तामाङको तर्फबाट पनि सम्मान जनाइएको छ। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै आर्मी रिक्रुटमेन्ट फिजिक्स ट्रेनिङ इन्स्टिट्युट खरसाङको निर्देशक राजेन्द्र तामाङले विस्तृत रुपमा जानकारी गराएका छन्।











