खरसाङ: १२ जूनको दिन गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष अध्यक्ष बिमल गुरुङ खरसाङ भ्रमणमा आउने भएको छ।यसको साथै आगामी २८ जूनमा खरसाङमा गोजमुमोको विशाल बिजय जुलुस हुने भएको छ। यस विषयमा छलफल गर्न शनिवार खरसाङमा गोर्खा जनमुक्ति मोर्चाको सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभामा गोजमुमोको सांगठनिक गतिविधि र आगामी दिनको रणनीतिहरु साथै कार्यक्रमहरु विषयमा चर्चा परिचर्चा गरिएको छ। सभामा गोजमुमो केन्द्रीय उपाध्यक्ष प्रदीप प्रधान, खरसाङ महकुमा समितिको सभापति एवं पूर्व सभासद योगेन्द्र राई, महकुमा सचिव रोहित स्याङ्बो लगायत अन्य पदाधिकारीहरु उपस्थित रहेका थिए। यसै सभामा खरसाङ टाउन कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति देबु गुरुङ, सचिव सुधीर गुरुङ लगायत अन्य पदाधिकारीहरु चयन भएका छन्। सभामा आगामी २८ जूनको दिन खरसाङमा विशाल बिजय जुलुस आयोजना गरिने विषयमा चर्चा परिचर्चा गरिएको छ। यसको साथै आगामी १२ जूनमा गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष बिमल गुरुङको खरसाङ भ्रमणलाई लिएर पनि चर्चा परिचर्चा गरिएको छ। सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै गोजमुमो केन्द्रीय उपाध्यक्ष प्रदीप प्रधानले आगामी १२ जूनमा गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय संस्थापक अध्यक्ष बिमल गुरुङ खरसाङ भ्रमणमा आउने भएको र उनलाई कता कता भ्रमणमा लाने विषयमा चर्चा परिचर्चा गरिएको जानकारी गराएका छन्।

उनले आगामी २८ जूनको दिन खरसाङमा गोजमुमोको विशाल बिजय जुलुस आयोजना गरिने र यसमा पार्टी अध्यक्ष बिमल गुरुङ, पाँचजना गोर्खा विधायकहरु, मन्त्री पनि उपस्थित रहने जनाए काे छन्। यसको साथै डुवर्स क्षेत्रका वरिष्ठ नेताहरु पनि उपस्थित रहने भएको जानकारी प्राप्त भएको छ। उक्त विशाल बिजय जुलुसम खरसाङको जनतालाई मात्रै लिएर आयोजना गरिने जानकारी गराएका छन्। उक्त बिजय ऱ्याली खरसाङको बस टर्मिनलदेखि शुरु भएर राष्ट्रिय राजमार्ग ११० हुँदै खरसाङ बजार भएर नयाँ बजारस्थित सार्वजनिक भवनमा पुगेर समापन हुने भएको जानकारी गराएका छन्।











