सोनादा: कोठीडाँडा सेवा समितिका तत्वधनमा बाल सुरक्षा अभियान ट्रस्टकाे सहयोगमा कोठीडाँडा सेवा समितिका सार्वजनिक भवनमा बाल ओसार पसार, बाल सुरक्षा, बाल दुर्व्यवहार, साइबर अपराध लिएर एकदिने सचेतना कार्यक्रम राखियो। सरगम बराईली सभापतिको अध्यक्षतामा यो कार्यक्रम सम्पन्न भयो। प्रकाश राई, सचिवद्वारा आफ्नो स्वागत भाषण राख्दै सम्पूर्ण अथितिहरुलाई खदा अर्पण गरियो। यस कार्यक्रममा मुख्य अतिथिको रुपमा दावा जिम्बा, ब्लक संयोजक, बाल सुरक्षा अभियान ट्रस्ट उपस्थित रहेका थिए। यस कार्यक्रममा समाजका सदस्य, अभिभावक, नानीहरूको उपस्थिति रहेको थियो। यस कार्यक्रममा अतिथिहरुलाई विभिन्न प्रकारको जोखिम विषयहरूमा सचेत गराईयो। उपस्थित सदस्यहरूको निम्ति बाल ओसार पसार, बाल दुर्व्यवहार, साइबर अपराध आदि विषयहरु लिएर विभिन्न प्रश्न-उत्तरको कार्यक्रम पनि राखियो। अन्त्यमा समाजको सभापतिद्वारा यस प्रकारको कार्यक्रम अहिलेको समयमा धेरै महत्त्वपूर्ण रहेको र यस विषयमा थाहा भएता पनि समय अनुसार हामीले आफैलाई अपडेट राख्नु पर्ने बताउदै भविष्यमा अझै समाजले यस्तो कार्यक्रमहरू राख्ने भन्दै सबैजनालाई धन्यवाद दिएका छन्।











