भव्य उद्घाटन समारोहको साथ शुरु हुनेछ फिफा वर्ल्ड कप २०२६

IMG-20260606-WA0034

नयाँ दिल्ली: फूटबल खेलको महाकुम्भ फिफा वर्ल्ड कप १२ जूनदेखि शुरु हुनेछ। टुर्नामेण्टको उद्घाटन समारोहमा विश्वप्रसिद्ध संगीतकर्मीहरूको प्रस्तुति रहने भएको छ। सह-आयोजक मेक्सिकोको पहिलो म्याचअघि शाकिरा र बर्ना ब्वायले विशेष प्रस्तुति दिनेछन्। मेक्सिको सिटीमा हुने उद्घाटन समारोहमा उनीहरूले प्रतियोगिताको आधिकारिक गीत ‘डाइ डाइ’ प्रस्तुत गर्नेछन्। उक्त समारोह वर्ल्ड कपको सह-आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच खेलिने उद्घाटन म्याच अघि आयोजना हुनेछ। फिफाले तीनै आयोजक देशमा अलग-अलग उद्घाटन समारोह गर्ने योजना बनाएको छ। मेक्सिकोको कार्यक्रममा शाकिरा र बर्नासँगै अलेजान्द्रो फर्नाण्डेज, बेलिन्दा, डानी ओसियन, जे बाल्भिन, लिला डाउन्स, लस एन्जलस अजुल्स, माना र टायला पनि सहभागी हुनेछन्।क्यानाडाको उद्घाटन समारोह १२ जूनमा टोरोण्टोमा हुनेछ, जहाँ अलानिस मोरिसेट र माइकल बुब्ले मुख्य आकर्षण रहनेछन्। समारोहपछि सह-आयोजक क्यानाडाले बोस्निया एण्ड हर्जगोभिनाविरुद्ध म्याच खेल्नेछ। त्यसै दिन अमेरिकाको लस एञ्जलिसमा हुने समारोहमा केटी पेरी, लिसा, रेमा, अनिता र फ्युचरले प्रस्तुति दिनेछन्। त्यसपछि सह-आयोजक अमेरिकाले पाराग्वेसँग म्याच खेल्नेछ। यी तीनैवटा उद्घाटन समारोह इटालीका प्रसिद्ध निर्माता मार्को बालिचको निर्देशनमा तयार पारिएको हो। प्रत्येक समारोह म्याच शुरु हुनुभन्दा लगभग ९० मिनटअघि आयोजना गरिनेछ। यसबीच, वर्ल्ड कप फाइनलको हाफ-टाइममा पनि शाकिरासँगै मेडोना र बीटीएसले प्रस्तुति दिने तय भएको छ। वर्ल्ड कपको आधिकारिक गीत ‘डाइ डाइ’ मार्फत फिफाले शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यसहित १० करोड़ अमेरिकी डलर संकलन गर्ने लक्ष्य राखेको जनाएको छ। फिफा वर्ल्ड कपको यो संस्करण खास हुनेछ कारण यसपाली जम्मा ४८ वटा देशले टुर्नामेण्टमा हिस्सा लिनेछन्।

About Author

Advertisement