खरसाङ: घैयाबारीमा विश्व पर्यावरण दिवस पलन गरिएको छ। कार्यक्रम विशेष घैयाबारी युवा क्लब जीवाईसी, नेताजी हाई स्कूल, ब्लु डाईमण्ड अंग्रेजी स्कूल र ड्याब जोभियल एकाडेमी स्कूलको संयुक्त आयोजनामा आयोजना गरिएको थियो। कार्यक्रम शुरु हुन अघि सबै विद्यालयका विद्यार्थीहरु,शिक्षक-शिक्षिकाजरु साथै युथ क्लबका सदस्यहरु, नेताजी स्कूलको प्रांगनमा भेला भई सर्वप्रथम नानीहरुलाई पर्यावरण सम्बन्धि एउट प्रतिज्ञा पनि गरियो। त्यस पश्चात पर्यावरण सम्बन्धि नानीहरुले विभिन्न नाराहरु लगाउँदै १४ माईलको पैह्रोसम्म ऱ्याली निकालिएको थियो। यस अन्तर्गत १४ माईल, पगलाझोडा क्षेत्रमा गएर नानीहरुले वृक्ष रोपण पनि गरेका थिए। उक्त ऱ्याली घैयाबरी रेलवे स्टेशनमा पुगेर एउटा कार्यक्रममा परिणत भएको थियो। यस कार्यक्रममा ग्रामवासीलाई पर्यावरण सम्बन्धि जागुरुक गराउन नेताजी हाई स्कूलका नानीहरुले एउटा सानो नाटक मञ्चन गरेका थिए भने नेताजी हाई स्कूलका नानी अर्चना छेत्रीद्वारा कविता वाचन साथै युथ क्लबका युवाहरुद्वारा सामुहिक गीत पनि प्रस्तुत गरेका थिए।

अन्त्यमा घैयाबारी नेताजी हाई स्कूलका प्रधान अध्यापक दिनेश प्रधानले भने, ‘कार्यक्रमलाई सम्बोधन गर्दै पर्यावरण सम्बन्धि नानीहरु साथै स्थानीय ग्रामवासी पनि जागारुक हुनपर्छ। हामीले आफ्नो जिम्मेवारी सम्झेर पनि अहिले वर्खाको समय नाला-झोडा सफा राख्न पर्छ। जताभावी प्लास्टिक हरु फ्याँक्नु हुँदैन। रुख-पातको संरक्षण गर्नुपर्छ अनि पानीको उपयोग पनि सही तरिकाले गर्नुपर्छ।’ उनले कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद पनि दिएका छन्।









