सोनादा: दैनिक रुपमा बिहान भारतको पहिलो रंगीन नेपाली दैनिक समाचार पत्र घर घर पुगेर पाठक समक्ष पुऱ्याउने सोनादा पचेङ समष्टि अन्तर्गत अप्पर पचेङको नन्द गाउँ निवासी पेपर बिक्रेता पेपरवाला बाजे) डम्बरबहादुर छेत्रीको निधन भएको छ। उनले विगत २०१५ देखिन निरन्तर रूपमा समाचार पत्र गाउँ घरमा पाठकहरु समक्ष लाने गरेका थिए। २०१७ को गोर्खाल्याण्ड आन्दोलनको समयमा पेपर ब्याण्ड गरेको समयमा पनि आफ्नो जीवनको पर्वाह नगरी पाठकहरु समक्ष पेपर लगेर जाने गर्दथे। हिमालय दर्पणका एकजना बिक्रेता डम्बरबहादुर छेत्रीको लगभग ७० वर्षको उमेरमा निधन भएको छ। उनले आफुपछि पत्नी, तीन छोरा, दुई छोरी छोडी गएका छन्। उनको अन्तिम संस्कार शुक्रबार दिउँसो १२ बजी गरिने भएको पारिवारिक सूत्रबाट जानकारी प्राप्त भएको छ।










