वन विभागद्वारा खरसाङको नयाँ बजार क्षेत्रबाट किङ्ग कोपरा उध्दार

IMG-20260528-WA0092

खरसाङ: वन विभागद्वारा खरसाङको नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदान क्षेत्रबाट किङ्ग कोपरा उध्दार गरेको छ। उक्त किङ्ग कोपरा ७ फिट लामो रहेको बताइएको छ‌। प्राप्त जानकारी अनुसार खरसाङको नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदान क्षेत्रमा बिहान एउटा कोपरा भित्तामा चढिरहेको देखेपछि स्थानीयहरुले हतार हतार वन विभागलाई सूचना दिएपछि वन विभागका कर्मचारीहरु समयमा नै आएर किङ्ग कोपरालाई उध्दार गरेको जानकारी प्राप्त भएको छ। एउटा किङ्ग कोपरा वन विभागले उध्दार गरेपछि उक्त क्षेत्रमा नै अर्को पनि किङ्ग कोपरा देखा परेको स्थानीयहरुले बताएका छन्। बजार क्षेत्रमा पनि यसरी किङ्ग कोपरा देखा पर्न थालेपछि वन विभागका कर्मचारीहरुले स्थानीयहरुलाई सतर्क रहन आग्रह गरेका छन्।

यसको साथै उनीहरुले वर्षा याममा साँपबाट सुरक्षित रहनलाई साँप घरतिर पस्न नदिनलाई एक लिटर मट्टितेल, फिनाइल‌ अनि लसुनलाई राम्ररी कुच्चाएर एउटा मिक्सर बनाएर घर वरिपरि छर्कुिनु पर्ने र यसबाट साँप जस्तो जीवबाट सुरक्षित रहन सकिने बताएका छन्।

About Author

Advertisement