गोजमुमोको भातृ संगठन भएकोले पार्टी अध्यक्ष बिमल गुरुङको हात बलियो बनाउन काम गर्ने
खरसाङ: गोर्खा प्राथमिक शिक्षक संगठन तीनधारे क्षेत्र समितिको एक सभा संगठनकै सभापति मेघराज प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभा गोजमुमो केन्द्रीय सह सचिव बिमल दर्जी, युवा मोर्चा केन्द्रीय सदस्य योगराज प्रधान, गोजमुमो तीनधारे महानदी समष्टिको सचिव एवं पूर्व स्कूल बोर्ड सदस्य सुरेशचन्द्र दर्नालको उपस्थितिमा सम्पन्न भयो।सभामा जीपीटीओ सभापति मेघराज प्रधान साथै केन्द्रीय प्रतिनिधि बीरेन्द्रसिंह खातीले केन्द्रीय समितिबाट निर्देशन भए बमोजिम संगठनलाई अझ सक्रिय गर्नार्थ सभा राखिएको जानकारी गराएका छन्। केही दिन अघि जीपीटीओद्वारा पार्टी अध्यक्ष बिमल गुरुङसँग भेट गरी पहाड़को वर्तमान अवस्था, शिक्षक-शिक्षिकावर्गका समस्याहरु र प्राथमिक शिक्षाको व्यवस्थाहरुबारे बातचीत भएको जनाए। सभामा विगत २०१९ को संकटकालीन परिस्थितिमा गठन गरिएको पुरानै समितिलाई नै सर्वसम्मतिद्वारा मान्यता दिइयो र उक्त समितिलाई केही महिनापछि पुनर्गठन गरिने सहमति सभाले लिएको छ। जसमा सभापति मेघराज प्रधान, मूल सचिव अनिल तामाङ, उपाध्यक्ष शंकर सिंह, केन्द्रीय प्रतिनिधि बीरेन्द्रसिंह खाती लगायत ज्ञानबहादुर गजमेर, महेन्द्र तामाङ, अभिजित योञ्जन, सुरेन्द्रसिंह खाती र अन्यहरु कार्यकारी सदस्यजरु रहेका छन्। सभामा जीपीटीओ सदस्यहरु बढ़ाएर संगठित गराउँदै लैजाने साथै जीपीटीओ गोजमुमोको भातृ संगठन भएको नातामा अध्यक्ष बिमल गुरुङको हात बलियो गराई पहाड़ तराई डुवर्सको संवैधानिक व्यवस्थाको पहलमा अध्यक्षको साथमा रही प्राथमिक शिक्षाको प्रगति गुणस्तरमा सुधार अनि शिक्षक-शिक्षिकावर्गका दीर्घकालीन समस्याहरु समाधानको निम्ती सक्रिय रहेर कार्य गर्ने वक्ताहरुले सभामा अवगत गराइएको छ।
सभामा मोर्चा केन्द्रिय सह सचिव बिमल दर्जी, युवा मोर्चा केन्द्रीय सदस्य योगराज प्रधान, गोजमुमो तीनधारे महानदी समष्टिको सचिव एवं पूर्व स्कूल बोर्ड सदस्य सुरेशचन्द्र दर्नाल, शिक्षक महेन्द्र तामाङ साथै अन्यान्यहरुले पनि वक्तव्य राखेका थिए। भर्खरै विधानसभा चुनावमा गठबन्धनद्वारा बिजयी बनेका पाँंचैजना बीजेपी विधायकहरुलई सभामा बधाई शुभकामना व्यक्त गरिएको छ। यसको साथै खरसाङका विधायक सोनाम लामालाई जीपीटीओ तीनधारेद्वारा चाढै नै भेट गरी बधाई अभिनन्दन जनाउने सभामा निर्णय लिइएको छ।










