खरसाङ: भारतीय जनता पार्टी खरसाङको सभा स्प्रिङ साइड चियाबारीस्थित सार्वजनिक भवनमा सम्पन्न भएको छ। उक्त सभा भारतीय जनता पार्टी खरसाङ गिध्द पहाड मण्डल सभापति एवं पञ्चायत सदस्या दिक्षा तामाङको सक्रियता र अगुवाईमा सम्पन्न भएको छ। उक्त सभाको अध्यक्षता भाजपा दार्जिलिङ जिल्ला उपाध्यक्ष आरबी लामाले गरेका थिए। सभालाई स्प्रिङ साइड बुथ सभापति राजकुमारले गरेका थिए। उक्त सभा भारतीय जनता पार्टी र यसको भातृ संगठन ट्रेड युनियन, महिला संगठन, युवा संगठनको संयुक्त रुपमा सम्पन्न भएको छ। सभामा भाजपाको कानुनी सल्लाहकार एंव जिल्ला सदस्य अधिवक्ता रमेश अग्रवाल, महिला संगठनकी सभापति दिपिका प्रधान, ट्रेड युनियनबाट प्रणय तामाङ उपस्थित रहेका थिए। सभामा भाजपाको भातृ संगठनहरुले भाजपाको छातामुनि सक्रिय रूपमा संगठनलाई अघि बढाइने साथै सबैले भाजपा पार्टीलाई सांगठनिक रुपमा सक्रिय भएर एकसाथ मिलेर अघि लाने बताएका छन्। सभामा खरसाङ गिद्द पहाड समष्टिको मण्डल सभापति एवं पञ्चायत समिति सदस्या दिक्षा तामाङले भाजपा सरकारको विभिन्न योजनाहरु विषयमा जानकारी गराउनुको साथै सांगठनिक गतिविधि र आगामी रणनीति विषयमा चर्चा परिचर्चा गरेकी थिइन्। सभालाई ट्रेड युनियनबाट प्रणय तामाङ, कानुनी सल्लाहकार एंव दार्जिलिङ जिल्ला सदस्य अधिवक्ता रमेश अग्रवाल, बुथ सभापति राजकुमार, महिला संगठनकी सभापति दिपिका प्रधान आदिले पनि सम्बोधन गरेका थिए।









