नयाँ दिल्ली: बहुप्रतीक्षित फिफा वर्ल्ड कप २०२६ को लागि ईंग्ल्याण्डले आफ्नो २६ सदस्यीय टीम घोषणा गरेको छ। प्रशिक्षक टमस टुचेलले टीम घोषणा गरेका हुन्। टीममा ह्यारी केन, डेक्लान राइस, बुकायो साका, मार्कस रासफोर्डदेखि ज्युड बेलिंघम, जोर्डन पिकफोर्डजस्ता चर्चित खेलाड़ीहरु रहेका छन्। टुचेलले टीमको चयन निकै कठिन निर्णय भएको बताए। टुचेलले भने, वर्ल्ड कपको निम्ति टीम चयन गर्नु कहिले सजिलो हुँदैन अनि हामीले केही कठिन निर्णय पनि लिनु पर्छ। सबै स्टाफहरूसँग चर्चा परिचर्चापछि हामीले एउटा सन्तुलित टीम चयन गरेका छौं। यस टीममा असल परिणाम हासिल गर्ने क्षमता छ। फिफा वर्ल्ड कप १२ जूनदेखि शुरु हुनेछ। ग्रुप एल-मा ईंग्ल्याण्डसँग क्रोएशिया, घाना र पानामा रहेको छ।
फिफा वर्ल्ड कप २०२६ को निम्ति ईंग्ल्याण्डको टीम यसप्रकार छः
गोलकीपरः
जोर्डन पिकफोर्ड (एभर्टन), डिन हेण्डरसन (क्रिष्टल प्यालेस) र जेम्स ट्राफोर्ड (म्यानचेष्टर सिटी)
डिफेण्डरः
रिस जेम्स (चेल्सी), टिनो लिव्रामेण्टो (न्यूक्यासल) मार्क गुही (म्यानचेष्टर सिटी), एजरी कोन्सा (एस्टन भिल्ला), जोन स्टोन्स (म्यानचेष्टर सिटी) जारेल क्वान्सा (बायर लेवरकुसेन), निको ओरेली (म्यानचेष्टर सिटी) डान बर्न (न्यूक्यासल), डिजेड स्पेन्स (टोटनह्याम हट्सपर)
मीडफिल्डरः
डेक्लान राइस (आर्सनल), एलियट एण्डरसन (नटिंघम फरेष्ट), ज्युड बेलिंघम (रियल म्याड्रिड), जोर्डन हेण्डरसन (ब्रेण्टफोर्ड), मोर्गन रोजर्स (एस्टन भिल्ला), कोबी माइनो (म्यानचेष्टर युनाइटेड), एबरेची एजे (आर्सनल)
फरवर्डः
ह्यारी केन (बायर्न म्युनिख), इभान टोने (अल अहिली), ओली वाटकिन्स (एस्टन भिल्ला), बुकायो साका (आर्सनल), नोनी मादुएके (आर्सनल), मार्कस रासफोर्ड (बार्सिलोना– म्यानचेष्टर युनाइटेडबाट लोनमा) र एन्थोनी गोर्डन (न्यूक्यासल)।










