२७ सेप्टेम्बरमा हुने ५६औं मिस्टर खरसाङ र अन्य प्रतियोगिता
खरसाङ: खरसाङ महकुमा बडी बिल्डिङ अनि फिटनेस एसोसिएसनको सभा संघको अध्यक्ष सञ्जय छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ। सभालाई सचिव बसन्त थापाले सञ्चालन गरेका थिए। सभामा एसोसिएसनको उपाध्यक्ष देवराज भण्डारी, कोषाध्यक्ष ओम प्रकाश चौरासिया लगायत अन्य पदाधिकारीहरु र सदस्यहरु उपस्थित रहेका थिए। उक्त सभा विशेष गरी आगामी २७ सेप्टेम्बरमा हुने भएको ५६ औं मिस्टर खरसाङ, नवौं मिस्टर फिजिक्स, दोस्रो स्पोर्ट्स मोडेल विकिनी, भेटरेन बडी बिल्डिङ अनि एमेचम्युर प्रतियोगितालाई लिएर चर्चा परिचर्चा गरिएको छ। सभापछि संघको अध्यक्ष सञ्जय छेत्रीले विगत २०७० सालदेखि प्रति वर्ष खेलाईने मिस्टर खरसाङ एक वार्षिक कार्यक्रम रहेको र यसले युवाहरुमा एउटा सकरात्मक सन्देश गएको बताए। उनले भने , हाम्रो लक्ष्य पनि युवाहरुलाई कुलतदेखि टाडो राखेर खेलकूदप्रति आकर्षित गराउन रहेको छ।’










