महानदी र जंगपानामाझ सम्पर्क टुट्ने खतरा
तीनधारे: तीनधारे महानदी समष्टि अन्तर्गत जंगपाना चियाबारी पुग्ने पुलको एक साइड पैह्रोको चपेटमा परेको छ। महानदी र घुम्ती चियाबारी हुँदै जंगपाना जाने पुलमा भेल पसेर पुलको एकपट्टिको भाग क्षतिग्रस्त बनाएको र यसलाई समयमा नै मरमत्ति नगरिए पूललाई खतरा हुनसक्ने र जंगपाना चियाबारी क्षेत्रलाई धेरै असुविधा हुने स्थानीयहरुले बताएका छन्। विशेष गरेर जंगपाना चियाबारीबाट घुम्ती महानदीतिर आउँदा पुलको दाहिनेतिरको भागमा पानीको भेल पसेर पूल क्षतिग्रस्त भएको छ। यो पूलको झट्टै मरमत्ति गरिनु पर्ने देखिएको छ। समयमा नै पूल मरमत्ति नगरिए जंगापानाबाट महानदी, खरसाङ जान असुविधा हुने देखिएको छ। विशेष गरेर विद्यार्थीहरु, बिमारीहरु, स्थानीयहरुलाई धेरै असुविधा हुने देखिएको छ। यसको साथै यो पूलले जंगपानालाई घुम्ती, महानदी र खरसाङलाई जोड्ने गरेको छ।यदि यो पूललाई खतरा भए जंगपाना क्षेत्र कालापानीमा परिणत हुनसक्छ। त्यसैले जंगपानाका स्थानीयहरुले यो भत्केको पूल झट्टै मरमत्ति गरिदिने अनुरोध गरेका छन्।










