अब जनताको सरकार बनेको छ र म सबैको लागि काम गर्न तयार छु: सोनाम लामा

IMG-20260519-WA0094

खरसाङ: खरसाङको जनतालाई धन्यवाद ज्ञापन गर्नलाई यो विजय उत्सव ऱ्यालीको आयोजना गरिएको र यस विजय उत्सव ऱ्यालीको माध्यमबाट खरसाङको सम्पूर्ण जनतालाई धन्यवाद ज्ञापन गर्दछु भनी खरसाङका नवनिर्वाचित भाजपा विधायक सोनाम लामाले बताएका छन्। उनले खरसाङमा आयोजित विजय उत्सव ऱ्यालीपछि मोटर स्ट्याण्डमा आयोजित पथसभालाई सम्बोधन गर्दै भने, म भाजपाको मात्र विधायक होइन तर म सबै गठबन्धन दलकहरु र सम्पूर्ण खरसाङको जनताको विधायक हुँ। म सम्पूर्ण खरसाङको जनताको लागि काम गर्न तयार छु।’
उनले आफ्नोे सम्बोधनमा भने, पहिलेको स्थिति अर्कै थियो। घरबाट निस्कन्दा पनि डर हुन्थ्यो र घरदेखि पुलिङ बुथसम्म पुग्दा कसैसित बोल्नु पनि डर थियो। तर अहिले स्थिति परिवर्तन भएको छ। अहिले सम्पूर्ण बंगाल नै परिवर्तन भएको छ।’
नवनिर्वाचित विधायक सोनाम लामाले अघि भने, मैले यही मञ्चबाट २००५-२००६ तिर बोल्ने गरेको तर कुनै व्यक्ति विशेषबर कुनै राजनैतिक दलको विरोध होइन तर सिस्टमको विरोधमा थिए।’
लामाले खरसाङमा ड्रग्सको व्यापार रोकिनु पर्ने बताउँदै यसको लागि पुलिस प्रशासनले काम गर्नु पर्ने माग गरेका छन्। लामाले भने, हामीले परिवर्तन चाहेका थियौं र परिवर्तन पनि भएको छ। म शपथ ग्रहणदेखि नै जनताको सम्वादमा लगातार लागि परेको छु। तर पहिलाको सरकार कसरी चल्थ्यो अचम्म लाग्यो किनभने यहाँ सबै त अस्थायी रहेछ।‌ ईञ्जिनियर त केवल दश हजारमा काम गर्नु पर्ने स्थिति छ।’
उनले अझ भने, पञ्चायत व्यवस्थामा जुन भ्रष्टाचार भएको छ। त्यसलाई देखेर पनि केही गर्न सकेका थिएनौं। म सबैतिर पुग्न नसके पनि सबैले साइलेन्ट रुपमा भोट दिएर जिताएर परिवर्तन गराउनु भएको छ। सबैलाई धन्यवाद छ। अब जनताको सरकार बनेको छ। म सबैको लागि काम गर्न तयार छु।’

About Author

Advertisement