सांसद राजु विष्टद्वारा खरसाङको दुधेमा निर्माणाधीन पूलको निरीक्षण, दिए चाढै पूल निर्माणको निर्देशन

IMG-20260519-WA0097

खरसाङ : सांसद राजु विष्ट खरसाङ खण्डको दुधेमा निर्माणाधीन पूलको निरीक्षण गर्न पुगेका छन्। गत ४ अक्टोबरमा आएको विनाशकारी भलले यहाँको फलामे पूललाई भत्काइदिएपछि अहिले त्यहाँ नयाँ पुलको निर्माण कार्य धमाधन भइरहेछ। यद्यपि उक्त पक्की पूल निर्माण नभइञ्जेलसम्मको निम्ति अस्थायी पुल बनाइको छ। तर हाल लगातार परिरहेको पानीले उक्त अस्थायी पुललाई पनि भत्काउने सम्भावनाले मानिसहरूलाई चिन्तामा पारेको छ। यसैको निम्ति पनि सांसद विष्ट मङ्गलवार खरसाङ एउटा कार्यक्रममा आएको समय दुधे पुगेर निर्माणाधीन पुलको निरीक्षण गरेका छन्। प्रायः सात महिना बितिसक्दा पनि पुल निर्माण कार्य पूर्ण नभएकोमा विष्टले आश्चर्य प्रकट गर्दै यद्यपि यसको मुख्य कारणहरूबारे सम्बन्धित विभागीय अधिकारीहरूसँग जानकारी लिएका छन् भने पश्चिम बंगालको पीडब्ल्यूडी प्रमुख अभियन्तालाई पूल निर्माणको कार्यलाई चाँड़ो पूरा गर्ने निर्देश दिएका छन्। उनले सिलगढ़ी-मिरिक लगायत वरपरका क्षेत्रलाई जोड्ने यस मार्गलाई सहज बनाउन चाँड़ो पूल निर्माण कार्य समाप्त गरिनुपर्छ भन्दै पुल निर्माण कार्य चाँड़ो पूरा गर्न वर्तमान राज्य सरकार अनि आफ्नो व्यक्तिगत पक्षबाट सहयोग प्रदान गर्ने बताए। उनले यसै अवधि बाढी पिड़ितहरूलाई पनि सहयोग प्रदान गर्ने वचन दिएका छन्।

About Author

Advertisement