सिक्किमको युवा एक्सपोजर भ्रमणमा नागाल्याण्डका २५ विद्यार्थी

FB_IMG_1779212831940

गान्तोक: नागाल्याण्डका चार अधिकारीसहित २५ जना विद्यार्थीहरू सिक्किमको युवा एक्सपोजर भ्रमणमा आएका छन्। भ्रमणका क्रममा विद्यार्थीहरूले सिक्किमका सांस्कृतिक तथा ऐतिहासिक महत्त्वका क्षेत्रहरू झॉंक्री फल्स, चुक्लाखाङ प्यालेस, ह्वाइट हल, नथुला पास र अर्किडेरियमको अवलोकन गर्ने कार्यक्रम छ।
​सिक्किमको राज्य खेलकुद विभागकी सचिव याङछेन डी. तामाङले नागाल्याण्डको टोलीलाई स्वागत गर्दै यो कार्यक्रम देशको समृद्ध विविधताबीच एकता प्रवर्द्धन गर्ने एक बहुमूल्य मञ्च भएको बताइन्। भारतको शक्ति नै यसको विविधतामा निहित रहेको चर्चा गर्दै उनले भनिन्, “सिक्किम र नागाल्याण्डले संस्कृति, परम्परा र भूगोलका हिसाबले धेरै समान तत्वहरू साझा गर्छन्। यो कार्यक्रमले दुई राज्यका युवाहरूबीच मित्रता र समझदारीलाई थप सुदृढ बनाउनेछ।”

नागाल्याण्ड सरकारको युवा संसाधन तथा खेलकुद विभागका निर्देशक केथोसितुओ सेखोसेले आफ्नो राज्यको समृद्ध संस्कृति, परम्परा र इतिहासबारे प्रकाश पारे। यस्ता कार्यक्रमहरूले विभिन्न सांस्कृतिक पृष्ठभूमिका युवाहरूलाई एकै ठाउँमा ल्याउन र एकअर्काबाट सिक्ने अवसर प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

About Author

Advertisement