गोर्खा विधायकहरुको पाँच पाण्डवलाई दिशा निर्देशन गर्ने श्रीकृष्णजी जस्तै सांसद छन्‌: सञ्जीव लामा

IMG-20260519-WA0093

खरसाङ: यो जीत भाजपा र गठबन्धन दलको मात्र होइन तर सम्पूर्ण जनताको जीत हो। यो जीत सबैको परिश्रमको फल हो‌। यो जीत जनतालाई समर्पित छ। यो जीत कुनै निर्दिष्ट पार्टीको होइन तर सम्पूर्ण जनताको जीत हो। बधाई छ खरसाङलाई। उक्त कुरा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले खरसाङमा आयोजित विजय उत्सव ऱ्यालीपछि खरसाङको मोटर स्ट्याण्डमा आयोजित पथसभालाई सम्बोधन गर्दै बताएका छन्। उनले आफ्नो सम्बोधनमा भने, चुनाउ जितेपछि भाजपाले विपक्षीलाई औंलासम्म उठाएन। यो संस्कार होइन। यसपाली श्रीकृष्णले पाँच पाण्डवको फौज तयार पारेका छन्। पहाडको तीनवटा सिटहरु मात्रै होइन तर डुवर्सको दुईजना लगाएर पाँचजना गोर्खा विधायकहरु सदनमा पुगेको छ। अब गोर्खाको दु:खको समय गयो। पाँच पाण्डवलाई दिशा निर्देशन गर्ने श्रीकृष्णजी जस्तै सांसद छन्‌। अब जनताले न्याय पाउनेछ।’
भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले अझ भने, हाम्रो सरकारमा जे गर्दा पनि हुन्छ भनेर हुँदैन। सबैले कानुनको अनुपालन गर्नुपर्छ। हाम्रो क्षेत्रको आम जनताको बुनियादी सुविधाको लागि काम गर्नुपर्छ। सबै मिलेर मान्छे सबले काम गर्नुपर्छ।’

About Author

Advertisement