खरसाङ: यो जीत भाजपाको मात्र होइन तर सम्पूर्ण पहाड र गोर्खा जातिको जीत हो र आज खरसाङको जनतालाई नमन गर्न आएको हुँ। यो जीत खरसाङको जनतालाई समर्पित गर्न चाहान्छु भनी दार्जिलिङका सांसद एवं भारतीय जनता पार्टीको राष्ट्रिय प्रवक्ता राजु विष्टले बताएका छन्। उनले खरसाङमा आयोजित विजय उत्सव ऱ्यालीपछि खरसाङको मोटर स्ट्याण्डमा सम्पन्न पथसभालाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्। सांसद राजु विष्टले आफ्नो सम्बोधनमा भने, गोर्खा जातिलाई मास्न खोज्ने, गोर्खा जातिलाई हेप्ने, अन्याय र अत्याचार गर्ने ममता फुपुको हात भएको छ। बोक्सी जस्तो वाणी र बेहुरा भएको ममता र तृणमूलबाट जनता मुक्त भएको छ। अब पहाडले बोक्सी जस्तो व्यवहार भएकोलाई देख्न पर्दैन।’
सांसद राजु विष्टले भने, गोर्खा जातिलाई न्याय दिने भाजपा र मोदी सरकार हो। भाजपा सरकारले गोर्खा जातिलाई अवश्य पनि न्याय दिनेछ। यसपाली विधानसभामा पाँचजना गोर्खा विधायकहरु पुगेका छन्। अब जेन्जीको समस्या समाधान हुनेछ। चालकहरुको पनि समस्या समाधान हुनेछ। खरसाङ बजारमा व्यापार गर्नेहरुको पनि जीत भएको छ।’
उनले अघि भने, अन्यायमाथि न्यायको जीत भएको छ। गोर्खाको स्वाभिमानको जीत भएको छ। पहाडमा भाजपा र मोदीको सरकार छ। अब भ्रष्टाचार बन्द हुन्छ। अब भ्रष्टाचार गर्ने नेतालाई जनताले नै कुट्नेछ। अब जनताले न्याय पाउनेछ।’
सांसद राजु विष्टले अझ भने, खरसाङम ड्रग्सको व्यापार रोकिनुपर्छ। ड्रग्सको व्यापार गर्नेहरु खबरदार। भ्रष्टाचार र ड्रग्सको व्यापार रोकिनुपर्छ। पुलिसलाई मेरो आज्ञा पनि हो। गैर कानुनी काम सबै बन्द हुनुपर्छ। दुधे र बालासनतिर हुने गैर कानुनी काम रोकिनुपर्छ। भाजपाको सरकार छ जुन सुशासन र पारदर्शिता हुनुपर्छ। पहाडमा कानुनको राज स्थापित हुन्छ। सरकारी जमीन, रेलवेको जमीन, अवैध कब्जा, सार्वजनिक जमीन, जनताको जमीन र सम्पत्ति कब्जा गर्नेहरु अब छोड्नु होल। खबरदार कब्जा गर्नेहरु। सिलगढीमा आएको दुई दर्जन जेसीबीा एक दर्जन पहाडको लागि हो र त्यसमा तीनवटा खरसाङमा पठाउनेछु। किनभने अब हामी सबै मिलेर समृद्ध खरसाङ निर्माण गर्नुपर्छ।’
सांसद राजु विष्टले जीटीए बिषयमा बोल्दै भने, अब जीटीए मरेको लाश भएको छ। सरकारले मिरिक, खरसाङ र कालेबुङ नगरपालिकामा प्रशासक हटाएको छ र चाढै चुनाव हुनेछ।’
उनले भने, स्थायी राजनैतिक समाधानको काम अब शुरु भएको छ। मैले खरसाङ शउन अघि इन्टरलोक्युटरलाई भेटेर आएको छु। स्थायी राजनैतिक समाधान भनेको संवैधानिक अधिकार हुनेछ। मैले गरेको राजनीति जनताको लागि हो। म मणिपुरमा जन्मेको, दिल्लीमा हुर्केको र पहाड मेरो कर्मथलो हो।’
सांसद राजु विष्टले घोषणा गर्दै खरसाङमा स्पोर्ट्स कम्प्लेक्स बनिने र तीनधारेमा अग्नि शमनको केन्द्र बनिने, वृद्ध भत्ता एक हजारबाट दुई हजार हुने, नारीहरु र युवाहरुले तीन हजार पाउने बताए। उनले भाजपाले जितेको बुथ र हारेको बुथमा पनि काम गर्नेछ।











