सडक र ट्राफिक व्यवस्थापन सुधार्न सोरेङमा डिकन्जेसन समितिको निरीक्षण

n71287128917792119286757967de871e5a2d809f301f6a71ce4d8e4ef83240a19e809215af263ebec98ac0

सोरेङ: जिल्ला स्तरीय डिकन्जेसन समिति सोरेङले आज सोरेङ नगर पञ्चायतअन्तर्गतका विभिन्न क्षेत्रहरूमा सडकको अवस्था तथा ट्राफिक व्यवस्थापनसम्बन्धी समस्याहरूको अध्ययन एवं मूल्याङ्कन गर्न पहिलो निरीक्षण कार्यक्रम सञ्चालन गरेको छ। उक्त निरीक्षण तीनवटा छुट्टाछुट्टै टोलीमार्फत सम्पन्न गरिएको हो।
​सोरेङका अतिरिक्त जिल्लापाल डीआर बिष्टाको नेतृत्वमा रहेको टोलीले प्रगति चोकदेखि एस-टर्निङसम्मको सडक खण्डको निरीक्षण गर्‍यो। त्यसैगरी, महकुमा न्यायाधिकृत प्रेम के. सुब्बाको नेतृत्वमा रहेको टोलीले भीर डाँडादेखि च्याखुङ गेटसम्मको क्षेत्र तथा महकुमा न्यायाधिकृत (सोरेङ) साक्छुम लेप्चाको नेतृत्वमा रहेको टोलीले डाँडा बजारदेखि घण्टी खोला, सिङ्गलिङ्गसम्मको सडक खण्डको निरीक्षण गरेको थियो।
​निरीक्षणका क्रममा टोलीहरूले सडकहरूको विस्तृत नापजाँच गर्नुका साथै सम्बन्धित मार्गहरूमा भएका अतिक्रमणहरूको अवस्थाबारे अध्ययन गरेका थिए। यसका साथै पार्किङ व्यवस्थाका लागि उपयुक्त स्थानहरूको पहिचान, सार्वजनिक जमिनमा भएका अतिक्रमणहरूको जाँच तथा त्यस्ता अतिक्रमणहरूको सङ्ख्या र प्रकृतिको मूल्याङ्कन समेत गरिएको थियो।
​निरीक्षण कार्यक्रममा सोरेङ नगर पञ्चायतकी अध्यक्ष दीना हाङ्मा सुब्बा, नगर पञ्चायतका सदस्यहरू, अतिरिक्त पुलिस अधीक्षक पर्शुराम शर्मा, पुलिस अधिकारी सन्त बहादुर गुरुङ, सडक एवम् पुल विभागका अधिकारीहरू, मोटर वाहन निरीक्षकहरू तथा विभिन्न विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement