उत्तरकन्यामा बैठकपछि निसिथ प्रमाणिकको कडा सन्देश‎

Screenshot_20260517_003237_Instagram

‎सिलगढी: उत्तरकन्यामा विभागको जिम्मेवारी सम्हालेपछि उत्तर बंगाल विकास विभागका मन्त्री निसिथ प्रमाणिकले शनिबार पहिलो प्रशासनिक बैठक गरे। पदभार ग्रहण गरेपछि भएको पहिलो बैठकमै उनले विकास आयोजनामा भएका अनियमितता तथा निम्नस्तरीय कामप्रति कडा अडान लिएका छन्।
‎बैठकमा उत्तर बंगालका विभिन्न विकास आयोजनाहरूको प्रगति समीक्षा गरिएको थियो। बैठकको सुरुवातमा मन्त्रीलाई विभागका सचिवसहित अन्य अधिकारीहरूले स्वागत गरेका थिए।
‎बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै निसिथ प्रमाणिकले स्पष्ट रूपमा बताए कि पहिले निम्नस्तरीय काममा संलग्न भएका व्यक्ति वा संस्थाहरूलाई पहिचान गरी कालो सूचीमा राखिनेछ। उनले विकास कार्यमा कुनै पनि प्रकारको अनियमितता वा लापरवाही सह्य नहुने बताए।
‎उनले कडा चेतावनी दिँदै दलालहरूको सञ्जाल, बिचौलिया वा कुनै पनि प्रकारका अनियमित समूहलाई विभागमा कुनै स्थान नहुने बताए। जहाँ विकास आवश्यक छ, त्यहाँ काम गरिनेछ र जनहितलाई सर्वोच्च प्राथमिकता दिइने उनले जोड दिए।

About Author

Advertisement