सिक्किमको ५१औँ राज्य स्थापना दिवसमा उपराष्ट्रपतिको औपचारिक स्वागत

FB_IMG_1778936731621

गान्तोक: सिक्किमको ५१औँ राज्य स्थापना दिवस समारोहका अवसरमा भारतका उपराष्ट्रपति सी. पी. राधाकृष्णनको लोक भवनमा औपचारिक सम्मानसहित स्वागत गरिएको छ।
‎राज्यपाल ओम प्रकाश माथुरको गरिमामय उपस्थितिमा आयोजित कार्यक्रममा मुख्यमन्त्री, मन्त्रिपरिषद्का सदस्य तथा राज्यका वरिष्ठ अधिकारीहरू पनि उपस्थित रहेका थिए।

उपराष्ट्रपतिलाई परम्परागत सम्मान रक्षक टोलीद्वारा सलामी अर्पण गर्दै अभिनन्दन गरिएको थियो। कार्यक्रममा सिक्किमको राज्य स्थापना दिवसको महत्व तथा राज्यको विकास यात्राबारे पनि चर्चा गरिएको थियो।

About Author

Advertisement