गान्तोक: भारतका उपराष्ट्रपति श्री सी. पी. राधाकृष्णन आज एकदिने औपचारिक भ्रमणका क्रममा सिक्किम आइपुगेका छन्।
उपराष्ट्रपतिलाई रंगपोस्थित पर्यटक सहजीकरण केन्द्रमा राज्य सरकारका तर्फबाट हार्दिक स्वागत गरिएको थियो। स्वागत गर्नेहरूमा गृह (प्रोटोकल) विभागकी अतिरिक्त सचिव तथा राज्य प्रोटोकल अधिकृत सुश्री मिङ्मा डिकी शेर्पा, पाक्योङ जिल्लाकी जिल्ला अधिकारी सुश्री परी बिश्नोई, पाक्योङकी वरिष्ठ प्रहरी अधीक्षक सुश्री पारु रुचल तथा रंगपोकी उपमण्डल अधिकारी सुश्री सुजाता सुब्बा उपस्थित थिए।
आगमनपछि राज्य सरकारका अधिकारीहरूले उपराष्ट्रपतिलाई परम्परागत खादा अर्पण गरी सम्मान व्यक्त गरेका थिए। त्यसपछि उपराष्ट्रपति तथा उनको प्रतिनिधिमण्डल गान्तोकस्थित राजभवनतर्फ प्रस्थान गरेका थिए।
भारतका उपराष्ट्रपति आज मानन केन्द्रमा आयोजना हुने राज्य दिवस समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ।










