जैसवाल कोचिङ सेन्टरको झोलीमा सफलताको सौगात

IMG-20260509-WA0030

गोरुबथान: हिजो मात्र पश्चिम बङ्गालमा माध्यमिक परीक्षाको परीक्षाफल घोषणा भएको छ। यसपटक पनि गोरुबथानको शैक्षिक क्षेत्रमा धेरै राम्रो परीक्षाफल भएको छ। विद्यार्थीहरूलाई उच्च अङ्क प्राप्त गर्नको निम्ति गोरुबथानमा पनि धेरैवटा कोचिङ सेन्टरहरु रहेको छ। जैसवाल कोचिङ सेन्टर गोरुबथामा अधययनरत विद्यार्थीहरु शत प्रतिशत उत्तीर्ण भएको जानकारी संस्थापक टिङ्कु जैसवालले दिएका छन्।

केही उच्चाङ्क प्राप्त गर्ने विद्यार्थीहरुमा क्रमैले इलोन मुखिया (८१.२%),अन्जली ठाकुर (६९.९%) बेनिसा विश्व (६३%) रिमा गुरुङ (६३%) रहेको छ। इलोन मुखिया कालिम्पोङ जिल्लाभरिमा सातौं स्थानमा रहेको छ भने उनी बाग्राकोट उच्चतर माध्यमिक विद्यालयका स्कुल टपर पनि रहेको छ। सम्पुर्ण सफल विध्यार्थीहरुलाई शुभकामना तथा उज्जवल भविष्यको कामना गर्दछौ।

About Author

Advertisement