गान्तोक: सिक्किम कलाकार भरोसा सम्मेलनको मिति परिवर्तन गरी अब मे १४ र १५ मा आयोजना गरिने भएको छ। अन्तिम समन्वय बैठकका क्रममा मुख्य संयोजक सञ्जय दिलपाली राईले यसबारे जानकारी दिएका हुन्।पहिले तय गरिएको मितिमा सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङको अनुपलब्धताका कारण कार्यक्रमको मिति परिवर्तन गरिएको जनाइएको छ। अब कार्यक्रमको दोस्रो दिन मुख्यमन्त्रीलाई प्रमुख अतिथिको रूपमा निमन्त्रणा गरिएको छ।अन्तिम समन्वय बैठक प्रमुख संरक्षक कृष्ण राईको अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन आवश्यक तयारी तीव्र रूपमा अघि बढाइएको आयोजकहरूले बताएका छन्।









