मुख्यमन्त्रीद्वारा कल्रचिनीका विधायक तथा भाजपाका उम्मेदवार विशाल लामासँग भेट‎‎

FB_IMG_1777477866468

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले पश्चिम बङ्गाल निर्वाचनमा कलचिनी क्षेत्रबाट वर्तमान विधायक तथा भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार विशाल लामासँग शिष्टाचार भेट गरे।‎भेटका क्रममा मुख्यमन्त्री तामाङले उनलाई आगामी निर्वाचनका लागि शुभकामना व्यक्त गर्दै सकारात्मक परिणाम प्राप्त होस् भन्ने कामना गरे। साथै उनले जनताको सेवा अझ समर्पण, इमानदारी र निरन्तर प्रतिबद्धताका साथ अघि बढिरहोस् भन्ने अपेक्षा पनि व्यक्त गरे।‎उक्त भेटले आपसी सद्भाव, राजनीतिक शिष्टाचार तथा जनसेवाप्रतिको साझा प्रतिबद्धतालाई अझ सुदृढ बनाएको बताइयो।

About Author

Advertisement