गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले पश्चिम बङ्गाल निर्वाचनमा कलचिनी क्षेत्रबाट वर्तमान विधायक तथा भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवार विशाल लामासँग शिष्टाचार भेट गरे।भेटका क्रममा मुख्यमन्त्री तामाङले उनलाई आगामी निर्वाचनका लागि शुभकामना व्यक्त गर्दै सकारात्मक परिणाम प्राप्त होस् भन्ने कामना गरे। साथै उनले जनताको सेवा अझ समर्पण, इमानदारी र निरन्तर प्रतिबद्धताका साथ अघि बढिरहोस् भन्ने अपेक्षा पनि व्यक्त गरे।उक्त भेटले आपसी सद्भाव, राजनीतिक शिष्टाचार तथा जनसेवाप्रतिको साझा प्रतिबद्धतालाई अझ सुदृढ बनाएको बताइयो।










